सडक निर्माण ढिलाई गरेर जनतालाई सास्ती दिने ठेकेदारलाई जनकार्बाही

प्रकाशित मिति : बिहि, अशोज ५, २०७४



सडक निर्माण ढिलाई गरेर जनतालाई सास्ती दिने ठेकेदारलाई कम्युनिस्ट पार्टी दाङले आज कालोमोसोस्वरुप जनकार्बाही गरेको छ ।  घोराही कटुवाखोलोदेखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएको कान्सुराम निर्माण सेवाका स्थानीय  ठेकेदार कम्पनिका ऐजेन्ट पदम शर्मालाई घोराही जनपरिषद(जनसत्ता)ले जनकार्बाहीसहित कोलोमोसो दलेको हो । विगत चारवर्षदेखि बाटो निर्माण कार्य सम्पन्न नहुँदा घोराही बासिन्दा तथा यात्रुहरु धुलाम्मे हिलाम्मे भएर सास्ती भोग्नु परेको व्यापाक जनगुनासो आएपछि उक्त बाटोको जिम्मा लिएको ठेकेदारलाई कालोमोसो दलेको नेकपा दाङले जनाएको छ ।

सडक निर्माण कार्य छिटो सम्पन्न नहुँदा आम नागरिकको स्वास्थ्यमा समेत असर गर्ने गरि धुलो धुवा उड्ने र बजारको मुहार नै कुरुप देखिएकाले सम्बन्धीत सरोकारवालालाई लापरबाही नगर्न चेतावनी समेत दिइएको छ । सडक निर्माण ढिलाई हुनु सडक डिभिजन र घोराही नगरपालिकाको समेत लापारबाही भएको ठहर गर्दै यथार्शिघ सम्बन्धीत सरोकाावाला सबैलाई सचेत बन्न र निर्माण कार्य छिटो सम्पन्न गर्न दबाब स्वरुप उक्त कदम चालिएको जनपरिषदद्धारा जारी गरिएको पर्चामा उल्लेख छ ।