एमाले र माके पुँजीवादका गुलाम, क्रान्तिलाई कसैले छेक्न नसक्नेः विप्लव

प्रकाशित मिति : बुध, अशोज १८, २०७४



 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रको पुँजिवादका गुलाम भएको बताएका छन् ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकतापछिको पहिलो प्रतिक्रिया दिँदै विप्लवले भने, ‘नेपाल देश र नेपाली जनता पराधिन, अपहेलित, गरिब, उत्पीडित हुनुको कारण दलाल पुँजीवादी संसदीय सत्ता हो, यसको समाधान पुँजीवादी, संसदवादी लुटेरा, हत्यारा सत्ता मुनी सुतुरमुर्गे तालले टाउको घुसारेर सम्भव छैन ।’

महासचिव विप्लवले एमाले र माओवादी केन्द्रलाई संकेत गर्दै दलाल संसदीय व्यवस्था वरिपरि घुम्ने व्यक्ति, वर्ग र पार्टी कमजोर हुन या ठूलो हुन् ती अन्ततः पुँजीवादका गुलाममा परिणत हुने बताउँदै देशको स्वाधिनता र जनताको मुक्ति खोज्नु आफ्नै भविष्यलाई अन्धकारतिर धकेल्नु भएको बताए ।