१३ हजारमा आफू बेचिएको बताउँदै इराकबाट नेपाली चेलीको चित्‍कार, उद्दारको लागि गृहमन्त्रीसँग अनुरोध

प्रकाशित मिति : बिहि, अशोज १९, २०७४



मानव तस्करहरुले विदेशमा नेपाली चेली बस्तुको भाउमा बेच्दै आएको खुलासा भएको छ । राम्रो होटलमा वेटरको काम मिलाइदिने भन्दै बेचिएकी १०० नेपाली युवतीले उद्दारको लागि अनुनय गरेकी छन‍् ।

इराकमा एक घरमा यातना सहेर बसिरहेकी एक युवतीले चिनजानका आफन्तलाई उद्दारको लागि पठाएको म्यासेज पठाएकी छन् । उनले आफूसहित १०० नेपाली युवती १३ हजार डलरमा यहाँ बेचिएको बताएकी छन् । आफूहरुलाई राम्रो काम लगाइदिने भनेको तर इराक पुग्दा मात्रै आफूले १३ हजार डलरमा बेचिएको थाहा पाएकी बताएकी छन् ।

आफूहरुलाई काठमाडौंबाट दिल्ली हुँदै श्रीलंकाको बाटोबाट इराक पुर्‍याइएको उनले बताएकी छन् ।

विदेशमा अलपत्र परेका नेपालीको उद्दार गर्दै आएका कतारस्थित नेपाली युवा बिबि खरातलले इराक, लिबिया,साउथ अफ्रिका, ओमन, कुर्किस्थानलगायतका देशमा नेपाली युवती १३ हजार डलरमा दलालले बेच्दै आएको जानकारी आएको बताए । इराकमा बेचिएको केही नेपाली युवतीहरु सम्पर्कमा आएको बताउँदै उद्दारको लागि पहल भइरहेको खरालले अनलाइन डबलीलाई बताए ।

इराकीको घरमा आफूहरुले चरम यातना खेपिरहेको बताउँदै उद्दारको लागि गृहमन्त्री प्रभाकरलाई उद्दारको लागि अनुरोध गरेकी छन्