अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : शुक्र, अशोज २०, २०७४



दाङ,
“विसर्जनवाद, अात्मसमर्पणवाद र अराजकतावादका विरुद्ध एकीकृत विद्यार्थी अान्दोलन राष्ट्रियताकाे पक्षमा शैक्षिक भ्रष्टीकरण,दलालीकरण र माफियाकरणका विरुद्ध २२ अाैं जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ अखिल (क्रान्तिकारी) दाङको २२ अाैं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङकाे २२ जिल्ला सम्मेलनले प्रितिमा चाैधरीकाे अध्यक्षतामा ३३सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै अाज सम्पन्न भएको हो । जसको उपाध्यक्षमा अनिल केसी, सचिब अम्मर खड्का,सह-सचिब सुरेन्द्र चौधरी, कोषाध्यक्षमा प्रकाश ओलिलाई सर्वसम्मत चयन गरिएको हो ।


हजारौं विद्यार्थीहरुकाे र्यालीसहित दाङ घाेराहीकाे बजारका विभिन्न स्थानकाे परिक्रमासहित भरतपुर मैदानमा उद्घाटन सभा भएको थियो । सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पूर्ण सिंहले युवा विद्यार्थीहरु राष्ट्रका लागि बलिदान हुन तयार हुनुपर्ने बताउनु भएको छ । यहाँका शासकहरुले देशलाई सम्झौताका नाममा विदेशीहरुसामु बेचिरहेकाले राष्ट्रकाे रक्षार्थमा लाग्न सबै विद्यार्थीहरुलाई अाह्वान गर्नुभयो । शेरबहादुर देउवाले भारतमा गरेको सम्झौता राष्ट्रघाती रहेको भन्दै उहाँले तत्काल खारेज गर्न माग समेत गर्नुभयाे । काेशी उच्च बाँध भारतलाई बाध्न दिने, अरुण तेस्रो, पञ्चेश्वर, माथिल्लो कणार्ली लगायत परियोजना भारतलाई सुम्पिने भनेर प्रचण्डले गरेका २५ बुँदे राष्ट्रघाती सम्झौतालाई शेरबहादुर देउवाले पुन: कार्यान्वयनका लागि गरेको सम्झौताले देशलाई झन् कंगाल हुने भन्दै देशलाई बचाउन विद्यार्थीहरु वर्तमानको खम्बाकाे रुपमा उभिउनुपर्ने उद्घाेष गर्नुभयो । संसदीय व्यवस्थामा दलालतन्त्र हावी भएकाले अहिले मुलुकको राजनीति बिग्रिएकाे छ त्यसकारण युवाहरु विदेशीकाे गुलाम बन्ने सपना नदेखि बिगि्रएको मुलुक सपार्न, दलालतन्त्र अन्त्य गर्न, नयाँ इतिहास रच्न, सही राजनीतिकाे मार्गमा लाग्न र पढाइलाई जीवन बदल्ने अभियानसँगै जाेड्न अध्यक्ष पूर्ण सिंहले सम्पूर्ण विद्यार्थीलाई अपिल गर्नुभयो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवासले अहिले देश नेपालीहरुकाे हातमा नभई दलालहरुकाे हातमा रहेकाले सबै ठाउँ भ्रष्टीकरण भएको बताउनुभयो । दलालहरुले अाफ्नाे निहित स्वार्थका लागि देशलाई विदेशीहरुकाे हातमा सुम्पिरहेकाे भन्दै त्यसका विरुद्ध इमान्दार कम्युनिस्टहरु, प्रगतिशील राष्ट्रप्रेमिहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । पुरानो संसदीय व्यवस्थामा शैक्षिक क्षेेत्र लगायत हरेक क्षेत्र भ्रष्टीकरण भइरहेकाले शैक्षिक माफिया तथा सबैखाले दलाल, विकृति बेथितिका विरुद्ध एकजुट भएर संघर्ष गर्न र एकिकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनामा लाग्न अाव्हान गर्नुभयो । कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द, अखिल नेपाल शिक्षक संगठनका राप्तीका अध्यक्ष नारायण भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै उद्घाटन सभामा विद्यार्थी कलाकारहरुले अाफ्नाे नृत्य तथा प्रतिभा प्रस्तुत गरेका थिए ।

यस्तै दलाल संसदीय व्यवस्थाकाे खारेजका लागि एकीकृत जनक्रान्तिकाे अभियान! वैज्ञानिक शिक्षा र जुझारु संगठन निर्माणका लागि १४ अाैं जिल्ला सम्मेलन!! भन्ने मूल नाराका साथ अखिल (क्रान्तिकारी ) रुकुमको २४ अाैं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनबाट सुरेन्द्र बस्नेतकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण बुढाथोकी, सचिवमा प्रेमप्रसाद बाेहरा, सहसचिवमा हरि बिष्ट, काेषाध्यक्ष हरि पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुमको जिल्ला सम्मेलनको उद्घाटन सभा हुनु अघि विद्यार्थीहरुकाे र्यालीले मुसिकाेट खलंगाकाे बजार परिक्रमा थियो । सभालाई सम्बाेधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष पूर्ण सिंहले नेपालकाे शिक्षामा भइरहेकाे व्यापारीकरण, भ्रष्टीकरण, निजीकरण अन्त्यका लागि वैज्ञानिक समाजवाद स्थापना अपरिहार्य रहेको बताउनुभयो । उहाँले संसदवादी व्यवस्थामा दलालतन्त्र भएकै कारण शैक्षिक माफियाहरुले शिक्षालाई व्यापारको रुपमा बिक्री गरिरहेकाे, विभिन्न कमिसनकाे नाममा नेपाली जनता र अभिभावकलाई शाेषण गरिरहेकाे, शिक्षा क्षेत्रमा विकृति विसंगति भित्र्याएर दिनानुदिन भयावह अवस्था हुँदै गएकाले नयाँ शिक्षा प्रणालीका लागि वैज्ञानिक समाजवाद निर्माण गर्न एकीकृत जनक्रान्तिकाे अभियानमा लाग्न विद्यार्थीहरुलाई अाह्वान गर्नुभयो। कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सितलले सिंहदरबारको अधिकार गाउँगाउँमा होइन सिंहदरबारकाे दमन, शाेषण, भ्रष्टाचार गाउँगाउँमा पुगेको बताउनुभयो । देशमा अामूल परिवर्तनका लागि वैज्ञानिक समाजवाद निर्माणमा लागेका निर्दाेष नेकपाका रुकुम सेक्रेटरी चन्द्र बहादुर बुढालाई प्रशासनले झुठ्ठा मुद्दा लगाएकोप्रति अापत्ति व्यक्त गर्नुभयाे । देश र जनताकाे स्वाधिनताका लागि डटिरहेका मान्छे बन्दुक बन्दुकले तर्साएर नतर्सिने भन्दै उहाँले राज्यको दमनलाई प्रतिरोध गरेर पनि अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज अटल, अखिल ( क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा राप्ती ब्यूरो संयाेजक नरेन्द्र विक लगायतले बाेल्नुभएकाे थियो ।