एमाले, माके र नयाँ शक्तिको कथित गठबन्धन बारे

प्रकाशित मिति : शुक्र, अशोज २०, २०७४ ओम प्रकाश पुन



 

अप्रत्याशित रुपमा कथित वामपन्थी ध्रुबीकरणको नाममा यहि असोज १७ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा नेपाली राजनीतिको एउटा कला बिहिन नाटक मंचन गरियो । नेपालको बाम राजनीतिभित्र घुसेका उत्तर , दक्षिण र पश्चिम अनुहारका पात्रहरुको जमघटमा चुनावी तालमेल हुँदै पार्टी एकता सम्मको यात्रा तय गर्ने भनी गरिएको , ६ बुदे तमसुक भित्रको उद्देश्य र रहस्य निम्न रहेका छन् ।
१० पहिलो , यो गठबन्धन नेपालमा एकीकृत जनक्रान्तिमार्फत देश वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्न थालेपछि यसलाई असफल पार्न र कथित कम्युनिस्ट एकता र धु्रबीरकरणको नाममा जनता र क्रान्तिकारीबिच भ्रम सृजना गर्न देशि बिदेशी शक्तिको डिजाइनमा तयार पारिएको क्रान्ति बिरोधी हत्कण्डा हो ।
२० दोस्रो, यो गठबन्धन हामीले बिगतदेखि नै भन्दै आएको र परिस्थितिले पनि धकेलेको सत्य के हो भने एउटै देशमा समान कार्यदिशा र विचार भएका पार्टीहरु एउटै उद्देश्य र लयमा टिक्न सक्दैनन् र अन्ततः तिनिहरु एक अर्कामा विलय हुन्छन् । क्रान्ति छोडि सकेपछि माओवादी केन्द्र र एमाले को अबस्था पनि त्यस्तै हो र बाबुराम प्रचण्डको बिलय एमालेमा हुनु थियो भयो । यो स्वभाबिक पनि हो ।
३० तेस्रो , यो गठबन्धन देश र जनताको चाहना र आबश्यकतामा भन्दा पनि यहि दलाल संसदीय ब्यवस्था भित्र शक्ति जम्मा गर्ने र चुनाव जित्नेसंग मात्रै सिमित छ र त्यो कुरा कथित ६ बुदेमा र केपी , बाबुराम र पुष्पकमलको भनाइमा पनि अभिब्यक्त भएकोले यो एकता र गठबन्धन नेपाली श्रमजीवी जनताको लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भएको छ ।
४० चौथो, यो गठबन्धन केपीले भनेको जस्तो नेपाली जनताको चाहना र आवश्यकता, पुष्पकमलले भनेको जस्तो निरन्तरतामा क्रमभंगता र बाबुरामले भनेको जस्तो आवश्यकता र आकस्मिकता जे भनेपनि विचार र प्रबृत्ति को दृष्टिले हेर्दा यो संयोग र स्वभाबिक छ । यसले संशोधनवादी गठबन्धनलाई एक ठाउँमा ल्याएको छ र कथित क्रान्तिकारी आवरणलाई च्यातेको छ ।
५० पाँचौ , यो गठबन्धनले नेपालको राजनीतिलाई तत्कालका लागि तीन धारा र त्यसपछि दुई धारामा विभाजन गर्नेछ । तत्काल, एउटा काँग्रेसको नेतृत्वमा कठोर पुजीवादी धारा, अर्को एमालेको नेतृत्वमा सुधारवादी संसदीय बामधारा र अर्को एउटा सच्चा कम्युनिस्टहरुको क्रान्तिकारी समाजवादी धारा कायम हुनेछ भने दिर्घकालीन रुपमा एउटा यथास्थितिवादी पुजीवादी धारा र अर्को क्रान्तिकारी वैज्ञानिक समाजवादी धारा कायम हुनेछ । यसले देशलाई क्षेणिक संकटमा लगेतापनि अन्तत बैज्ञानिक समाजवादी धाराले बिजय हासिल गर्नेछ र सबै खाले संकटको समाधान गर्नेछ ।
६० तर यति हुँदा हुँदै पनि एकता र सहकार्यको सामान्य मापदण्ड पनि पूरा नगरि जसरी बाम ध्रुबीकरणको हठात घोषणा गरियो, यसको पर्दा पछाडि ठुलो रहस्य लुकेको सहजै अनुमान गर्न सकिन्छ । यो एक प्रकारले सामान्य नजरबाट हेर्दा अवन्छित, अप्रत्याशित, अनैतिक र अपबित्र जस्तो देखिनुको कारण , मुल्यहिनको राजनीति गठबन्धनमा काँग्रेससंग सरकारमा बसेको माके, प्रतिपक्षमा बसेको एमाले र कम्युनिस्ट झण्डा फालेर हिँडेका बाबुराम अनि अन्य गैर कम्युनिस्ट चिन्तनका शक्ति सामेल हुनु र त्यसको काउन्टरमा काँग्रेसले अर्को कथित प्रजातान्त्रिक गठबन्धन बठान बनाउन खोज्नुले यसको पुष्टि गर्छ । यसले यस्तो पनि संकेत गर्छ कि फुटाउने र जुटाउने शक्ति एउटै छ र त्यसले कथित सहमतिको राजनीति र कथित संबिधानको उलंघन गराउदै कथित दलाल सरकार र सदनको बिघटन गरि गैरराजनीतिक सरकार बन्ने, कथित संघिय र प्रान्तीय चुनाव पनि वरपर हुने र देशमा ठुलो बैदेशिक चलखेल हुने संभावना पनि देखिन्छ । यदि यस्तो भयो भनेपनि दलाल संसदीय ब्यवस्थाको स्वभाबिक परिणाम मान्नु पर्ने हुन्छ र बरु त्यसको बिकल्पमा बैज्ञानिक समाजवाद स्थापनाको मार्गमा अघि बढ्नु पर्छ । बाहिरी शक्तिको भरमा तयार भएका चाहे कथित बाम होउन चाहे कथित प्रजातान्त्रिक गठबन्धन होउन, ती सबै निकट भबिश्यमै तासको महल जसरी ढल्ने छन् भने क्रान्तिकारीहरु बिच बलियो एकता र ध्रुबीकरण अगाडि बढ्ने छ । सबैलाई चेतना भया ।