दाङमा अटो रिक्सा दुर्घटनामा परि एकको मृत्यु

प्रकाशित मिति : शनि, अशोज २१, २०७४



दाङ असोज २१ गते ।

दाङको तुलसीपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अनटेष्ट अटो रिक्सा दुर्घटना हुँदा अन्य सवार ८ जना घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर १६ को भलैबाट तुलसीपुर आउँदा गर्दा भएको दुर्घटनामा परी तुलसीपुर ६ की २९बर्षीया शशी भुषालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गम्भीर घाईते भएकी उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । उनी तुलसीपुरको गोर्खा स्कुलमा अध्यापन गराउदै आएकी थिईन् ।

घाईते मध्य घोराहीकी टिका खनालको उपचारका लागि नेपालगंज रेफर गरिएको छ भने पबित्रा भुषालको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भईरहेको छ । अन्यको भने अबस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । अटो र अटो चालकलाई प्रहरीले नियणत्रणमा लिएको छ ।

यसैबीच दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ का ५३ वर्षिया चित्रबहादुर नेपालीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।