चुनाव खर्च जुटाउन शिक्षामन्त्रीको निर्णय, सीटीईभीटीमा खैलाबैला

प्रकाशित मिति : सोम, अशोज २३, २०७४



शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रक्रिया पूरा नगरेका र पूर्वाधार नभएका कलेजहरुलाई सम्बन्धन दिएका छन् ।

शैक्षिक सत्र सुरु भएको एक महिनापछि दुर्य दर्जन कलेजहरुलाई ५० भन्दा बढी विषयमा सम्बन्धन दिएका हुन् । अरु विषयका पढाई सुरु गरिसकेका कलेजहरुलाई नयाँ विषय पनि यसै वर्षबाट पढाउन पाउने गरी सम्बन्धन दिन लगाएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् ९सीटीईभीटी० ले सम्बन्धन दिन आज ९शुक्रबार० परिषद् बैठक बोलाएको छ । आफै अध्यक्ष भएको बैठक मन्त्रीकै ठाडो आदेशमा बस्न लागेको हो ।

पक्रिया पूरा भएका र पूर्वाधार बनेका कलेजहरुलाई शैक्षिक सत्र अगाडि नै सम्बन्धन दिन मिल्ने तर अहिले नमिल्ने भन्दै कर्मचारीले विरोध गर्दै आएका छन् । तर, मन्त्री श्रेष्ठले कसैको कुरा नसुनेर बैठक बोलाएका छन् ।

सीटीईभीटी कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र श्रेष्ठले शैक्षिक सत्र सुरु भइसकेकाले सम्बन्धन दिन नमिल्ने बताए ।

मन्त्रीले चुनाव खर्च जुटाउन प्रक्रिया पूरा नगरेका र पूर्वाधार नभएका कलेजहरुलाई सम्बन्ध दिन लागेको कर्मचारीकै आरोप छ ।

सीटीईभीटीअन्तर्गतका कलेजमा भदौ १५ देखि नै पढाइ सुरु भइसकेको छ ।