अमेरिकाले सैन्य अभ्यास नरोके गुआममाथि क्षेप्यास्त्र हमलाः उत्तर कोरियाको चेतावनी

प्रकाशित मिति : आइत, अशोज २९, २०७४



उत्तर कोरियाले अमेरिकाको सैन्य अखडा रहेको गुआममा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको छ । अमेरिकाले आफूविरुद्ध सैन्य गतिविधि गरिरहेको समेत बताएको छ ।

उत्तर कोरियाली प्रायद्धिपमा अमेरिकाले सैन्य अभ्यासहरु नरोके गुआममाथि ब्यालिस्टिक क्षेप्यास्त्र हमला गर्ने चेतावनी दिएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।

अमेरिकी सैन्य कदमको कठोर प्रतिउत्तर दिने बताउँदै उत्तर कोरियाले आत्मरक्षाका लागि गुआमनमा क्षेप्यास्त्र प्रहार गर्नेलगायत सबै कदम चाल्ने बताएको छ ।

अमेरिका र दक्षिण कोरियाले भोलिबाट ठूलो नौसैनिक अभ्यास सुरु गर्ने जनाएका छन् । दक्षिण कोरियाको पूर्वी र पश्चिमी क्षेत्र अर्थात् जापानी सागर र पित सागरमा हुने अभ्यासका लागि शुक्रबार नै ‘मिसिगन’ नामक आणविक उर्जाबाट चल्ने पण्डुब्बी जहाज दक्षिण कोरियामा पुगिसकेको छ ।