क्रिक्रेट खेलको सम्भावना र चुनौती विषयक अन्तरक्रिया

प्रकाशित मिति : सोम, अशोज ३०, २०७४



ओमप्रकाश गुप्ता
देउखुरी
देउखुरी क्रिक्रेट क्लवको आयोजनामा देउखुरीमा क्रिक्रेट खेलको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले लमहीको क्रिक्रेट मैदानलाई राष्ट्रिय गौरवको योजनाको रुपमा अघी बढाउदै गुरुयोजना अनुसार भौतीक पूर्वाधार निर्माण गरी राष्ट्रिय स्तरको खेल आयोजना गर्नुपर्ने निस्कर्ष निकालेका छन् । लमहीमा आर्थिक वर्ष २०५७\०५८ बाट लमही नगर विकास समितिले क्रिक्रेट मैदानको निर्माण कार्य सुरु गरेको हो । अहिलेसम्म मैदान निर्माणको लागी नगर विकास समितिले एक करोड ३६ लाख बढी रकम खर्च गरिसकेको छ ।
अन्तरक्रिया कार्यक्रममा लमही नगर पालिकाका प्रमुख कुल बहादुर केसीले क्रिक्रेट मैदानको संरक्षण र निर्माणमा नगरपालीकाले ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । प्रमुख अतिथि समेत रहेका नगर प्रमुख केसीले लमहीको क्रिक्रेट मैदान दाङ जिल्ला सहित सिंगो राष्ट्रको गौरव भएको चर्चा गर्दै मैदानको निर्माण कार्यलाई पूर्णता दिन लगानीकर्ताको खोजी गर्ने प्रतिवद्धता जनाए । तत्कालको लागी क्रिक्रेट खेलको प्रशिक्षकको व्यवस्था गर्ने, निकट भविस्यमा हुन गैरहेको मध्यपश्चिम स्तरीय महिला क्रिक्रेट प्रतियोगीता लमहीको मैदानमा राख्नको लागी सहयोग गर्ने प्रतिबद्धता जनाए ।‘खेल प्रशिक्षकको लागी तलबको ब्यवस्था र मध्यपश्चिम स्तरीय महिला क्रिक्रेट प्रतियोगीताको लागी सहयोग गर्छौं उनले भने लमहीको समग्र विकासमा क्रिक्रेट मैदानमो भुमिका महत्वपूर्ण हुने वुझेको छु ।
आर्थिक वर्ष २०७४\०७५ मा नगर विकास समितिले क्रिक्रेट मैदानमा अन्डरग्राउण्ड पक्कि नाली निर्माण र प्याराफिट निर्माणको लागी एक करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरविकास समितिका सव ईञ्जिनियर तुलसीराम अर्यालले जानकारी दिए । क्रिक्रेट मैदानमा खेल सञ्चालन गर्न अव पिच वनाउन र नाला निर्माण गर्न आवश्यक छ उनले भने नगरविकास समितिले आफ्नो लगानीमा मैदानको निर्माण कार्यमा सहयोग गरीरहेको छ, जिल्ला खेलकुद विकास समितिवाट जम्मा २० लाखको रकम प्राप्त भएको पाएका छौं ।’

देउखुरी क्रिक्रेट क्लवका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व सांसद ईन्द्रजित थारुले स्थानीय सरकारले मैदान निर्माण कार्यको पहलकदमी लिनुपर्ने बताए । पूर्व चैलाही गाविसका अध्यक्ष रेवतीरमण शर्माले मैदानको सञ्चाल र ब्यवथापनमा नगरपालिकासंगै अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा लमही नगरपालिका वडा नं। ५ का अध्यक्ष विमबहादुर केसी, वडा नं। ७ का अध्यक्ष मेघनारायण चौधरी, नगर विकास समितिका पूर्व अध्यक्ष डिल्ली बहादुर बुढाथोकी, रेशम बहादुर खड्का, नागरिक समाज देउखुरीका निवर्तमान संयोजक निम बहादुर थापा, राजनैतिककर्मी अम्मर कवर लगाएतका बक्ताहरुले मन्तव्य व्यक्त राखेका थिए । क्रिक्रेट क्लवका सल्लाहकार शेषमणी गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पवन शर्मा रिजालले गरेका थिए ।