भालुवाङको वर्षा होटल एण्ड लजमा चोरी

प्रकाशित मिति : मङ्ल, कार्तिक ७, २०७४



ओमप्रकाश गुप्ता
भालुवाङ ७ कार्तिक । देउखुरीको राप्ती गाउँपालिका १ पुल्चोक भालुवाङ बजार स्थीत वर्षा होटल एण्ड लजमा सोमवार राती चोरी भएको छ । घरको छतमा कोठामा छिरेर चोरले नगद रु २ लाख ८० हजार नगद चोरी गरेको होटलका सञ्चालक हरिबहादुर थापाले जानकारी दिएका छन् । चोरी गर्ने व्यक्तिहरुको खोजी कार्य तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।