नेकपाका कार्यकर्ता ६ घण्टा गिरफ्तारपछि रिहा

प्रकाशित मिति : बुध, कार्तिक ८, २०७४



दाङ, कार्तिक ८ गते ।
वाल पेन्टिङ गरिरहेको अवस्थामा गिरफ्तार भएका नेपाल कम्युनिस्ट पार्टी दाङका ३ जना नेता कार्यकर्ता मंगलबार ६ घण्टा पछि रिहा भएका छन् । गिरफ्तार पर्नेहरुमा दाङ पार्टीका जिल्ला स्तरीय नेता विकास ओली र प्रविन थारु छन् । त्यसैगरी यरिया स्तरीय सदस्य आरती पनि रहेको प्राप्त समाचारमा जनाइएको छ । उनीहरु तिनैजनालाई दङ्गीशरण गाउँपालिका, हेकुलीबाट प्रहरीले पक्राउ गरेको थियो । मंगलबार अपरान्ह २ बजे गिरफ्तारपछि साँझ नै छोडिसकेको छ ।