चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवमा सी जिनपिङलाई पुनः निर्वाचित

प्रकाशित मिति : बुध, कार्तिक ८, २०७४



चिनियाँ कम्युनिस्ट पार्टीको १९ अौं महाधिवेशनले सी जिनपिङलाई पुनः महासचिवमा निर्वाचित गरेको छ ।

सीको नाममा राजनीतिक सश्‍लेषण ‘विचारधारा’ गरेको महाधिवेशनले सीलाई अर्को कार्यकालको लागि जिम्मेवारी सुम्पेको छ ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विस्तारित बैठकले महासचिव सीसहित स्थायी समिति सदस्यहरुको नाम सार्वजनिक गरेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

स्थायी समितिमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ निर्वाचित भएका छन् ।

यअसघि एक नयाँ सदस्यमा स्थायी समितिमा ल्याउने पार्टीको परम्पराले निरन्तरता पाएको छैन ।

नवनिर्वाचित महासचिव सीले भ्रष्टाचार विरोधी आयोगलाई शक्तिशाही बनाउने भन्दै चर्चित नेता चाउ लिजीलाई प्रमुख बनाउने प्रस्ताव गरेका थिए । विस्तारित बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।