संसदीय व्यवस्थाका विरुद्ध व्यापक जनताको सहभागितामा दाङका ३० ठाउँमा मसालजुलुस

प्रकाशित मिति : आइत, कार्तिक १२, २०७४



दाङ,

नेपाल कम्युनिष्ट पार्टीद्धाले संसदीय व्यवस्थाका विरुद्ध व्यापक जनताको सहभागितामा दाङका ३० ठाउँमा मसालजुलुस निकालेको छ । संसदीय व्यवस्थाको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको विरोध गर्दै शनिबार साँझ जिल्लाका ३० भन्दा बढि ठाउँमा मसालजुलुस निकालिएको नेकपा दाङले जनाएको छ ।

दाङको बबई गाउपालिका, दंगीशरण गाउँपालिका, तुलसीपुर, घोराही, नारायणपुर, डुरुवा, बिजौरी, राजपुर, गंगापरस्पुर, गढवा, भालुबाङ लगायतका विभिन्न स्थानमा मसालजुलुुस निकालेका हुन् । दंगीशरण गाउँपालिकाको सलौरामा सयौं जनताको सहभागितामा भएको मसासजुलुपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला सचिवालय सदस्य विकास वलीले कथित संसदीय व्यवस्था र संसदीय चुनाव खारेज स्वरुप उक्त मसालजुलुस निकालिएको बताउनुभयो । उहाँले सम्पूर्ण जनताको मुक्तिको एक मात्र विकल्प वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको प्रष्ट पार्नुभयो ।