वडा कार्यालयमा सेवाग्राहीबाट मनपरी पैसा असुली

प्रकाशित मिति : बिहि, कार्तिक २३, २०७४



दाङ,

राप्ती गाउँपालिको एक वडा कार्यालयमा सेवाग्राहीबाट मनपरी पैसा असुली भएको छ । भालुबाङ बासी बसन्ता केसीले राप्ती गाउँपालिकाको १ नम्बर वडा कार्यालयबाट छोरीको जन्मदर्ता सिफारिस लिएबाफत २७ सय ५० रुपैया असुली भएको छ । वडा कार्यालय सचिव र र सोही वडाका कार्यबाहक अध्यक्ष श्यामलाल पोख्रेलले जन्मदर्ता सिफारिस दिएबाफत सेवागाह्रीबाट मनपरी रकम लिने गरेको खुल्न आएको छ । आफूसँग मात्र नभई अन्य सेवाग्राहीलाई पनि सामान्य जन्मदर्ता दिएबाफत मोटो रकम लिने गरेको बताइन् । सोही कुरा उनले घरमा आएर आफ्नो श्रीमान गणेश केसीसँग बताएपछि तत्कालै गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीलाई जानकारी गराए । सामान्य सिफारिस दिएको पनि त्यति धेरै पौसा लाग्छ र? के आधारले त्यो पैसा असुली भयो? सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने सिंहदरबारको लुटतन्त्र गाउँगाउँमा मच्याउने? भनेर गणेश केसीले गुनासो पोख्दा गाउँपालिका अध्यक्ष सुबेदीले त्यति धेरै लाग्दैन आफूले यो विषयमा बुझ्ने बताए । त्यसपछि उनले वडा अध्यक्ष तारा बहादुर डिसीलाई फोन गरेर बुझ्दा उनले आफू कामले बाहिर रहेकाले सोही विषयमा जानकारी नभएको र कार्यबाहक दिएका वडा सदस्य श्यामलाल पोख्रेलसँग दिएको बताए । त्यसपछि कार्यबाहक अध्यक्षलाई फोन गरी सिफारिस लिँदा लाग्ने रकम लिन र फिर्ता दिन निर्देशन दिए । सिफारिस लिदा लाग्ने रकम ५०० कटाएर २२ सय ५० रुपैया फिर्ता लिन गणेश केसीलाई वडा अध्यक्ष डिसीले कार्यालयमा आएर बाँकी पैसा लिन बोलाए । केसीले अन्य सेवाग्राहीबाट पनि आफू जस्तै मनपरी रकम लिएकोमा गुनासो समेत गरे । त्यसपछि वडा अध्यक्ष डिसीले तपाईले थाहा पाएका सेवाग्राहीलाई पनि फिर्ता पैसा लिन बोलाउनुस भनेपछि केसीले आफूले चिनेको अर्को एक जनालाई पनि बोलाए । “अरु दिन सोझासाझा जनताहरु नचिन्ने त कति ठगिए कति ठगिए”–केसीले भने ।