वर्षमान पुन सवार गाडीमा बम प्रहार

प्रकाशित मिति : शनि, कार्तिक २५, २०७४



रोल्पा : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसहित रोल्पाका प्रदेश र प्रतिनिधि सभा उम्मेदवार एवम् वाम गठबन्धनका नेता कार्यकर्ता सवार गाडीमागाडीमा बम प्रहार भएको छ ।

माडी गाउँपालिका- १ पिताबाङ र पेडीखोलाको बीच सडकखण्डमा तार बिछ्याएर अनन्त चढेको बा १५ च ८७२८ गाडीमा  बम प्रहार गराइएको थियो । सुकीदहको सुखा ओडारमा चुनावी सभा सम्पन्न गरेर शनिबार बिहान राक्सीको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा पौने ११ बजेतिर बम फिस्फोट गराइएको हो । विस्फोट भएको ठाउँमा ठूलो खाल्डो परेको छ ।

प्रहरीको गाडी क्रस हुनाबित्तितै वर्षमान पुनसहित माओवादी प्रदेश सभाका उम्मेदवार एवम् पोलिट व्यूरो दीपेन्द्रकुमार पुन, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार एवं माओवादी केन्द्रकी नेत्री जयपुरी घर्ती, समानुपातिकतर्फका बाम गठबन्धनका उम्मदेवार इश्वरी घर्ती, कुमार दसौती, कर्मलाल परियार, हरिसरा घर्ती, एमालेका पोलिटव्यूरो सदस्य गोकुल घर्ती, एमालेका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीलगायतका सवार गाडी लक्षित गरी गराएको विस्फोटमा गाडीमा सामान्य क्षती पुगेको छ ।

जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी नायब निरीक्षक सुर्दशन पन्थीका अनुसार घटनामा संलग्नहरुको खोजीकार्य गर्न प्रहरी परिचालन गरिएको छ । यस्तै शुक्रबार माओवादी केन्द्रका नेता जनार्दन शर्मा चढेको गाडी लक्षित गरी विस्फोट गराइएको थियो ।

दलबलसहित चुनाव प्रचार अभियानमा खटेकाले सत्ता र शक्ति दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता विपरित कार्य गरिरहेको टिप्पणी हुने गरेका छन् ।