नर्तीमा ट्रक र जिप ठोकिदा दुईजनाको मृत्यु, दश गम्भीर घाईते

प्रकाशित मिति : आइत, कार्तिक २६, २०७४



ओमप्रकाश गुप्ता
लमही, २६ कार्तिक । लमही नगरपालिका १ नर्तीमा आइतबार बिहान ट्रक र जिप एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ भने १० जना गम्भिर घाईते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ४ ख ७९५५ नम्करको ट्रक र भालुवाङदेखि लमही आउदै गरेको ना १ ज १३४९ नम्करको जिप एक आपसमा ठोकिदा सो दुर्घटना भएको हो । जसमध्ये मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ निवासी ३६ वर्षकी रामपती चौधरी, घोराही अम्कापुर निवासी २५ वर्षकी गंगा रेग्मीको मृत्यु भएको छ, भने १० जना गम्भीर घाईते भएका छन् । घाईते हुनेहरुमा राप्ती गाउँपालिका ४ मौरीघाट निबासी २९ वर्षका भगवानदास गुप्ता, वडा नम्बर ४ निबासी ६० वर्षका लिलादेवी मल्ल, वडा नम्बर ५ निबासी ३० वर्षकी भगवता के.सी, वडा नम्बर १ निवासी ३१ वर्षका पुष्पा महतरा केसी, वडा नम्बर ६ निवासी २१ वर्षिय रमिता चौधरी, वडा नम्बर ५ निवासी ४० वर्षका पिताम्बर चौधरी, वडा नम्बर ६ निवासी २७ वर्षकी रेखा चौधरी, तुलसी उपमहानगरपालिका ८ निवासी ४० वर्षकी सरस्वती पार्थय, बंगलाचुली गाउँपालिका ८ निवासी ३७ वर्षका रोवरसिंह कुंवर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले जानकारी दिएका छन् । घाइतेमध्ये ५ जनाको लमही अस्पतामा उपचार भैरहेको छ र ५ जनालाई थप उपचारको लागि बुटवल अस्पतालमा रिफर गरिएको लमही अस्पतालले जानकारी दिएको छ । गाडी र चालकलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।