शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी

प्रकाशित मिति : आइत, कार्तिक २६, २०७४



२६ कात्तिक ।

शिक्षा ऐनको नवौं संशोधनप्रति विरोध जनाउँदै विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोग, सानोठिमीको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ ।

संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेका वेला आयोगले २१ गते आन्तरिक प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएपछि त्यसविरुद्ध तालाबन्दी गर्नु परेको समितिका सह-संयोजक दिग्गज धौरालीले बताए ।

आफूहरुले आयोगले निकालेको विज्ञापनलाई तत्कालन रोक्नु पर्ने मागसहित बुझाएको ज्ञापनपत्रको समेत सुनावाई नभएपछि तालाबन्दी गर्न बाध्य हुनु परेको उनको भनाइ छ ।

समितिले कुनैपनि सहमतिबिना ताला खोले कार्यलयमा हुने मानवीय, भौतिक, आर्थिक लगायत सम्पूर्ण प्रकारको क्षतिको जिम्मेवारी आयोग स्वयम् हुनु पर्ने समेत चेतावनी दिएको छ ।

नवाैं संशाेधनबाट ७५ प्रतिशत अान्तरिक प्रतिस्पर्धा गराउने व्यवस्था कायम गरिएपछि लाइसेन्स लिएका सात लाख बढी योग्य उम्मेदवारहरू प्रतिस्पर्धाबाटै बञ्चित भएका छन् । यस अघि ४९ प्रतिशतकाे व्यवस्था रहेको थियो ।