पार्टीमा नरहेका व्यक्ति पार्टीको नाम जोड्नु हास्यास्पद मात्र हुने

प्रकाशित मिति : सोम, कार्तिक २७, २०७४



दाङ,

नेपाल कम्युनिष्ट पार्टी दाङले पार्टीमा नरहेको व्यक्ति पार्टीको नाम जोड्नु हास्यास्पद मात्र हुने बताएको छ । केहि समय अगाडि एमालेमा गएका ज्वाला खटिवडा लामो समयदेखि नै आफ्नो पार्टीमा नरहेकाले पार्टीको नाम जोड्न नहुने बताएको छ । आफूहरुको पार्टीबाट लामो समयदेखि निश्क्रिय भई सम्पर्कविहिन रहेकाले ज्वाला खटिवडा पार्टीमै नरहेको नेकपा दाङले स्पष्ट पारेको छ । कुनैपनि नेता कार्यकर्ताले अहिलेसम्म आफ्नो पार्टीबाट राजीनामा नदिएको बरु पार्टीप्रति बफादारिताका साथ दिनप्रतिदिन युवाहरुको जनलहर बढेको पनि प्रष्ट पारेको छ । क्रान्तिबाट पहिले नै भागिसकेका व्यक्ति अनावश्यक कम्यनिष्ट पार्टीको नाम जोड्नु, विभिन्न पार्टीमा जानु कुनै पनि पार्टीलाई फाइदा नभई व्यक्तिगत राजनैतिक लाभ लिन खोजेको मात्र ठहर्ने सो पार्टीले जनाएको छ ।