नेकपाको आयोजनामा दाङको टिकुलीगढमा चुनाव खारेजी जनासभा सम्पन्न

प्रकाशित मिति : मङ्ल, कार्तिक २८, २०७४



दाङ,
नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा दाङको लमहीको टिकुलीगढमा चुनाव खारेजी जनासभा सम्पन्न भएको छ । जनसभालाई मगर मुक्तिमोर्चाका जिल्ला अध्यक्ष भिमप्रकाश पुन, नेपाल कम्युनिष्ट पार्टीका लमही नगर इन्चार्ज एकराज चौधरी, पार्टीका गढवा राजपुर इन्चार्ज गणेश चौधरी,दलित मुक्तिमोर्चाका जिल्ला अध्यक्ष सुरज परियार लगायतले सम्बोधन गर्नुभएको थियो । सभामा बोल्ने वक्ताहरुले पहिले नै खारेज भइसकेको संसदीय व्यवस्थाको चुनावलाई फेरि पनि खारेज गर्नुपर्ने बेला आएको बताएका छन् । यो व्यवस्था श्रमजीवि जनताहरुको हितमा नरहेकाले सबैको हित अधिकारका लागि यो चुनावलाई खारेज गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनामा लाग्नुपर्ने अहिले आवश्यकता रहेको पनि बताएका छन् ।