“जन्मिरहेकि छिन् नयाँ बेलिसरा”

प्रकाशित मिति : मङ्ल, कार्तिक २८, २०७४ मुक्ति गैरे



नयाँ जन्मिरहेकि छिन् बेलिसरा क्रान्तिको बिगुल भुक्न
प्रतिक्रान्तिको हावालाई च्यात च्युत पार्दै एकीकृत जनक्रान्तिको उद्घोस् गर्दै गर्दा

जनसेना र जनसत्ता ब्युझाएको खुशिमा उनी क्षितिज पारिबाट सलाम ठोकिरहे छिन्
उनका वरपर भएका चित्कारित बलत्कारहरुको स्वरहरुमा उनी एक्लै विद्रोह गर्दै छिन्

उनी न्याय र मुक्तिको सपनाहरु देखेर बाबाको सपना पुरा गर्ने अठोटको कसम खाएर
निस्केकि छिन् प्रतिक्रान्तिलाई तिरिस्कार गर्दै नयाँ क्रान्तिको निम्ति स्वागतका राता माला साथमा लिएर

उनि बाबाको सपनाहरु पुरा गर्ने अठोटमा बाँचेको उनको मन क्रान्तिमा लामबद्द साहासिक योद्दाहरुको भेटमा निकै गदगद् हुने गर्छिन्

घरमा भएको परिकार बदम,छोडा र चिउराहरु बोकेर वर्गीय मायाको मुस्कान छोडेर
अनेकौं पिडा भएको आभास गर्दै मलम लगाउने कोसिसका साथ आउने गरेकी छिन्

नयाँ क्रान्तिमा नयाँ दलालहरु र प्रतिक्रान्तिलाई जित्न नयाँ प्राविधिक नै अपनाउनु पर्ने महसुस गर्छिन्
क्रान्तिमा लामबद्द योद्दाहरुको भेटमा द्वन्दवादका साथ ठक्क मुटु खोलेर
प्रशिक्षित गर्छिन् माक्र्सवादको सफलताको निम्ति वैज्ञानिकि आत्मसाथिकरण गर्नुहोस्

उनी चम्किलो रातो तारा संगै उदाउने क्रान्तिको क्षितिजमा नयाँ सपना देखेर यताउता प्रतिरोधका स्वरहरु घन्काई रहेकी छिन्
आँसाका स्वरहरुमा नयाँ भविष्यको यात्रा बोकेर क्षितिज पारिबाट उदाईरहेका नयाँ नयाँ भविष्य हेरेर