दाङमा नेकपाका थप पाँच जना कार्यकर्ता गिरफ्तार

प्रकाशित मिति : मङ्ल, कार्तिक २८, २०७४



 

नेपाल कम्युनिष्ट पार्टीका थप  पाँच जना कार्यकर्तालाई  दाङमा प्रहरीले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले मंगलबार अपरान्ह ५ बजेतिर तुलसीपुर ३ दमारगाउँबाटचार जना कार्यकर्ताहरुलाई गिरफ्तार गरेको हो ।

गिरफ्तार हुनेहरुमा राष्ट्रिय युवा जनस्वयमसेवकका तुलसीपुरका नगर सदस्य रिम विक, आकाश विक, चेत बहादुर विक र डण्डबीर केसी रहेका छन् । राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला सदस्य विजयलाई नारायणपुरबाट गिरफ्तार गरेको हो  ।
नेपाल कम्युनिष्ट पार्टी निकट श्रोतका अनुसार आफ्ना पाँच जना कार्यकर्तालाई प्रहरीले विना कारण पक्राउ गरेको  जनाएको छ । पक्राउ पर्नेमा
उनीहरु चारजना तुलसीपुर ३ दमारगाउँका स्थानियबासी भएको पनि नेकपा निकट श्रोतले जनाएको छ । कुनै कार्यक्रम वा गतिविधी नगरी गाउँको चोकमा जम्मा भएको समयमा प्रहरीले आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै नेकपाका एकजना नेताले बिरोध जनाएका छन् । उनले पक्राउ परेकाहरुको बिनाशर्त रिहाइ गर्न पनि माग गरेका छन् ।