विप्लब निकट कतार मोर्चाले पिडित मजदुरको उद्दार, तस्कारहरुसंग लडिरहने प्रतिबद्धता

प्रकाशित मिति : बुध, कार्तिक २९, २०७४



कतार- नेपाली जनप्रगतिशिल मोर्चा कतारको पहलमा दशजना मजदुरको उद्दार गरेको छ । एक बर्ष अगाडी कतार पुगेका मजदुरहरु कम्पनीले खान बस्न समेत नदिंदा उनिहरु अलपत्र परेका हुन् । कम्पनीले खान बस्न नदिएपछि आफुहरुलाई उद्दारको पहल गरिदिन नेपाली जनप्रगतिशिल मोर्चासंग अनुरोध गरेकाले मोर्चाको पहलमा अन्य संस्थाहरुसंगको सहकार्यमा यथासिघ्र उद्दारमा जोड दिएको हो ।

`उक्त उद्दार कार्यमा नेपाल सरकारको आधिकारिक प्रतिनिधि संस्था नेपाली राजदुतावास कतारले विशेष चासो नदिएको र अन्ततः कतार मोर्चा र नेपालमा नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाको अन्तरास्ट्रिय ब्युरो कार्यालयको विशेष पहलमा पीडित मजदुर र दलालहरु बिचको बाँकी हिसाबकिताब नेपालमै सम्झौता बमोजिम प्रक्रिया अगाडी बढाउने सहमतिका साथ मोर्चाको दवाव पछि दलाल मार्फत टिकट उपलब्ध गराउंदै दशै जना मजदुरको उद्दार कार्य सफल भएको हो ।´ मोर्चाका कोषाध्यक्ष साजन गुरुङले जानकारी दिनुभयो ।

उद्दार कार्यमा सक्रिय नेकपाको अन्तरास्ट्रिय ब्यूरो कार्यालय सचिव खगेश्वर केसि लगायत सबै निकायलाई मोर्चाका कोषाध्यक्ष साजन गुरुङले विशेष धन्यवाद दिदै आगामी दिनहरुमा पनि मोर्चा यस्ता मानव तस्कारहरुसंग लडिरहने प्रतिबद्धता जनाउनु भयो । साथै नेपाली दूतावास कतारलाई नेपाली मजदुरहरुको हकहितका लागी जिम्मेवार बन्न समेत सुझाव दिनु भयो ।