दाङ्गको तुल्सीपुरमा निर्वाचन सामाग्री जफत गरेर जलाइए

प्रकाशित मिति : बुध, कार्तिक २९, २०७४



दाङ्ग,

दाङ्गको तुल्सीपुरमा आज निर्वाचन सामाग्री  जफत गरेर जलाइएको छ।
तुल्सीपुर ५ पिपलबोट नजिक बसपार्कमा स्थानियको सकृयतामा निर्वाचन सामाग्री खोसेर जलाइएको हो। रोल्पामा पनि आज बिहान निर्वाचन सामाग्रीहरु खोसेर जलाइएको छ । रोल्पाको सुनछहरी गाउँपालिका १ घुसबाङमा स्थानीय जनताले निर्वाचन सामाग्री नियन्त्रणमा लिइ जलाइ दिएका हुन् । निर्वाचन आयोग रोल्पाले खटाएको टिमबाट निर्वाचन सामाग्री खोसेर निर्वाचन सामाग्री जलाइ दिएका छन् । आज बिहान करिब साढे १० बजेतिर निर्वाचन सामाग्री नियन्त्रणमा लिइ निर्वाचन सामाग्री जलाइएको रोल्पाबाट प्राप्त समाचारमा उल्लेख छ । त्यस्तै हिजो दाङको गढवा खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री खोसेर च्याति दिएका छन् । गढवा ५ खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री बोकेर गइरहेका स्वयमसेविकाबाट खोसेर च्याति दिएका हुन् ।