रोल्पामा आज फेरि बम बिस्फोट

सिंचाई राज्य मन्त्री तथा कांग्रेस प्रतिनिधि सभाका उम्मेद्वार अमरसिंह पुनको गाडीमा बम बिस्फोट

प्रकाशित मिति : बिहि, कार्तिक ३०, २०७४



रोल्पा,
रोल्पामा आज फेरि बम बिस्फोट भएको छ । । रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदेवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ ।
रोल्पाको घोडागाउँमा चुनाव प्रचारप्रचारमा गएका सिंचाई राज्य मन्त्री तथा रोल्पाका जनप्रतिनिधि सभाका उम्मेदवार पुनलाई लक्षित गरी बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । आज दिउँसो १ बजेतिर भएको बम बिस्फोटबाट मानवीय क्षेती नभएपनि अन्य विस्तृत क्षेती विवरण समाचारको भने आइसकेको छैन ।