आफैं हिडडुल गर्न नसक्ने घाइते योद्धा समेतलाई छोडेन प्रशासनले

पदको फुली बढाउन नेकपा समर्थक गिरफतार गरेको खुलासा

प्रकाशित मिति : बिहि, कार्तिक ३०, २०७४



दाङ
हुँदाहुँदा दाङमा आफैं राम्रोसँग हिडडुल गर्न नसक्ने घाइते योद्धा समेतलाई प्रशासनले गिरफ्तार गरेको छ । घाइते अपागं योद्धा पाटनलाई आज दिउसो उहाँकै कोठाबाट प्रहरीले विना कारण गिरफ्तार गरेको छ । घोराहीमा आफ्नै कोठामा उहाँसंगै बसीराख्नु भएका डिबी बोहरालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

घाइते योद्धा पाटनलाई प्रशासनले गिरफ्तार गरेकोप्रति घोर आपत्ति प्रकट गर्दै तत्काल रिहाइ गर्न नेपाल कम्युनिष्ट पार्टी दाङले जोडदार माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी सविनले मानवअधिकार तथा नागरिक स्वतन्त्रतालाई दुहाई दिनेगरी राज्यले शारिरीक अशक्त योद्धालाई गिरफ्तार गर्नु घोर निन्दनीय भएको बताउनु भयो ।

यसैबीच दाङबाटै नेकपा समर्थक एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पनि गिरफ्तार गरेको छ । पदमोदय पब्लिक उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र घर्तिलाई घरबाटै गिरफ्तार गरेको हो । कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी सविनले विनाकारण दिनप्रतिदिन आफ्ना नेता कार्यकर्ता, समर्थकलाई गिरफ्तार गरेकोप्रति कडा आपत्ति प्रकट गर्दै तुरुन्त बिनासर्त रिहाई गर्न जोडदार माग गर्नुभएको छ । गिरफ्तार गरिएकालाई तत्काल रिहा नगरिए राज्यले महंगो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिनुभएको छ ।

यसैबीच एक स्रोतका अनुसार दाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीले सरकारवादी दलका नेताहरुको निर्देशनमा दलाल व्यवस्थाकाे चाकडी गर्न र आफ्नो पदको फुली बढाउन नेकपाका समर्थक सुभेच्छुक समेतलाई गिरफ्तार गरेर संख्या बढाउन लागि परेको  छ ।