पूर्वअर्थमन्त्री डा.महतको गाडी एम्बुसमा पर्‍यो, तीन जना घाइते

प्रकाशित मिति : शुक्र, मंसिर १, २०७४



१ मंसिर

नुवाकोट । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य उमेदवार डा रामशरण महत सावर गाडी एम्बुसमा परेको छ ।

नुवाकोटबाट उम्मेदवार बनेका महत घरदैलो कार्यक्रम सकेर फर्किंदै गरेका बेला आज (शुक्रबार) बिहान ककनीमा उनी सावर गाडी अज्ञात समुहले थापेको विधुतीय धरापमा परेको हो ।

एम्बुस विस्फोट हुँदा तीनजना घाइते भएका छन् भने नेता महत सकुशल छन् । वम विस्फोट पछि स्थानीय त्रसित बनेका छन् भने उम्मेदवार माथि थप खतरा बढेको भन्दै काँग्रेस कार्यकर्ताहरु आत्तिएका छन् ।

घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए ।

नेता महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।