राेल्पामा महरा, पुन र साेनाम चढेको गाडीमा बम प्रहार

प्रकाशित मिति : शुक्र, मंसिर १, २०७४



 

राेल्पा, मंसिर १ गते
राेल्पाकाे बामरुकमा माकेका तीन नेता तथा उम्मेदवार चढेको गाडीमा बम प्रहार भएको छ । अाज दिउँसो १ बजेतिर राेल्पा नगरपालिकाकाे लिबाङमा चुनावी सभामा जाँदै गर्दा विना विभागीय तथा माकेका उम्मेदवार कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुन र कुल बहादुर केसी साेनाम चढेको गाडीमा बम तथा ढुङ्गामुढा प्रहार भएको छ । सुलीचाैर सातदोबाटो हुँदै राेल्पा नगरपालिका लिबाङकाे चुनावी सभा कार्यक्रममा जाँदै गर्दा बामरुकमा उनीहरूकाे प्रचार गाडीलाई लक्षित गरि बम तथा ढुङ्गामुढा प्रहार भएको छ ।