उद्योगी-व्यवसायीको गोप्य बैठकः नेताहरुको सम्पत्ति सार्वजनिक, प्रचण्ड दोस्रो धनी

प्रकाशित मिति : शनि, मंसिर २, २०७४



२ मंसिर
काठमाडाैं । उद्योगी-
व्यवसायीहरुको गोप्य बैठक सम्पन्न भएको
छ । चुनावको लागि भन्दै नेपाली काँग्रेस,
नेकपा एमाले, माओवादी केन्द्रका नेताहरुले
तोकेरै चन्दा माग्न थालेपछि उनीहरुको
आकस्मिक बैठक बसेका हुन् ।
काठमाडौँको एक स्टार होटलमा बसेको बैठकमा
चुनावी चन्दा र आफ्नो अवस्थाबारे
व्यवसायीहरुले छलफल गरेका थिए । एउटै
पार्टीका फरक फरक नेताहरुले व्यक्तिगत
चन्दा माग्न थालेपछि के गर्ने विषयमा छलफल गर्न
बैठक बोलाइएको बताइएको छ । पार्टी र
व्यक्तिगत चन्दाको लागि आएका पत्रहरु पनि जम्मा
गरेका थिए ।
करिब दुई दर्जन उद्योगहरुको बैठकमा ठूला
पार्टीका ठूला नेताहरुको सम्पत्तिको विवरण
समेत पेश गरिएको स्रोतले बतायो । बैठकमा पेश गरिएको
विवरणअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा
सबैभन्दा धनी, दोस्रोमा माओवादी
केन्द्रका अध्यक्ष प्रचण्ड, तेस्रोमा एमाले अध्यक्ष
केपी शर्मा ओलीको नाम छ ।
स्रोतका अनुसार नेपाली काँग्रेसका सभपति
समेत रहेको प्रधानमन्त्री देउवासँग ४५
सय करोड, प्रचण्डसँग २५ सय करोड र
ओलीसँग १५ सय करोड
उद्योगीहरुको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी काँग्रेसमा देउवापछि दोस्रो तहमा
खुमबहादुर खड्का, चिरञ्जिवी वाग्ले,
कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, गोविन्दराज
जोशीलाई राखिएको छ । त्यस्तै एमालेमा
उपाध्यक्ष वामदेव गौतमको सम्पत्ति पनि
ओलीकै हाराहारीमा रहेको
प्रतिवेदनमा देखाइएको छ । दोस्रो, तहमा झलनाथ खनाल,
भीम रावल, इश्वार पोखरेल, महेश
बस्नेतलाई राखिएको छ ।
माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड जति
अरु नेताहरुको सम्पत्ति नभएको बताइएपनि दोस्रो तहमा
कुष्णबहादुर महरा, वर्षमान पुन, प्रभाकर,
शक्तिबहादुर बस्नेत लेखराज भट्टलाई राखिएको छ ।
“हामीले व्यवासायीक पृष्ठभूमिका
नेताहरुको हिसाब राखेका छैनौं । उहाँहरुसँग हाम्रो भन्नु
केही छैन तर खल्तीमा हात
हालेर काठमाडौँ पसेको नेताहरुले रातारात सम्पत्ति कमाएको
देखेर हामी छक्क परेका छौं” बैठकमा
सहभागी एक उद्योगीले
स्रोतसँग भने । आफूहरुको व्यवसाय
धरासायी भएर बन्द गनुृपर्ने अवस्था आएको
भन्दै उनले भने, “हाम्रा बाजेको पालदेखि
यही व्यवसाय गरिरहेका छौं,
हामी संकटमा छौं भने नेताहरु फाइदामा
हुनुहुन्छ । यो कस्तो उल्टो भयो, यस्तै हो भने
उद्योगका तालाचाबी नेताहरुको हातमा बुझाउनु
पर्ने हुन्छ ।”
राष्ट्रिय चरित्रका उद्योगी-
व्यवसायीहरु मात्र सहभागी
बैठकमा काम गराउन पनि कमिसन दिनु पर्ने र चुनावमा
चन्दा पनि दिनु परिरहेको भन्दै असन्तुष्टि जाहेर गरेका
थिए ।
सबै क्षेत्रका उद्योगी-
व्यवसायीहरुले नेताहरुको
आम्दानीको स्रोत र लगानीको
फेरिस्त तयार गरेका छन् । नेताहरुको संरक्षणमा रहेका
व्यक्ति र लगानीको पनि पहिचान गरिएको छ ।
तीन ठूला पार्टीका नेताहरुले ठूलो
रकम चन्दा मागेकाले पहिलो चरणमा तीन
पार्टीका नेताहरुको सम्पत्तिको विवरण मात्रै
संकलन गरेका छन् ।
बैठकले सकेसम्म आफैसँग भएको पैसा
लगानी गर्न सुझाव दिने र बाध्यात्मक
अवस्थामा संस्थागत रुपमा मात्रै चन्दा लिने
उद्योगी-
व्यवसायीहरुबीच सहमति
भएको छ ।