प्रचण्डका पुत्र प्रकाश दाहालको निधन

प्रकाशित मिति : आइत, मंसिर ३, २०७४



 

काठमाडौं, ३ मंसिर ।

अाइतबार निधन भएका आफ्ना छोरा प्रकाश दाहालको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दागबत्ती दिएका छन्।

प्रकाशको अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हाे। प्रकाशका छोराको ब्रतबन्ध नगरेका कारण बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन्।

प्रकाश दाहालको निधनले उनको परिवार गहिरो शोकमा परेको छ। शनिबार राति सामान्य अस्वस्थ भएकै अवस्थामा सुतेका प्रकाश आइतबार बिहान अचेत अवस्थामा ओछ्यानमै भेटिएका थिए।

सुरक्षाकर्मी र आफन्तले अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको नर्भिक अस्पतालका डा.जेपी जैसवालले जानकारी गराए। हृदयघातका कारण अकस्मात निधन भएको पनि डा. जैसवालले जानकारी गराए । 
प्रकाश प्रचण्डका एक मात्र छोरा हुन् । साकारका दुई श्रीमती र दुई
बालबच्चा छन् ।