राप्तीमा नेकपाका थप १० कार्यकर्ता गिरफ्तार

प्रकाशित मिति : आइत, मंसिर ३, २०७४



राप्तीमा नेपाल कम्युनिस्ट पार्टीका १० कार्यकर्ता गिरफ्तार भएका छन् । राेल्पाबाट ४,  दाङबाट ३, रुकुमबाट २ र सल्यानबाट १ जना थप गिरफ्तार भएका छन् । राेल्पाकाे गजुलबाट अाज दिउँसो ४ कार्यकर्ता गिरफ्तार भएको नेकपा राप्ती ब्युरोले जानकारी दिएको छ । गिरफ्तार हुनेहरूमा पार्टीका जिल्ला सदस्यहरु धन बहादुर थापा, हेमन्त पुन राष्ट्रिय युवा जनस्यमसेवक जिल्ला सदस्य वीर बहादुर वली, मिनराज विष्ट  रहेका छन् । उनीहरु सबैलाई संगठन सुदृढ तथा प्रतिरोध अभियान अन्तरगत राेल्पाकाे गजुलकाे वालीबाट प्रहरीले गिरफ्तार गरेको हो  । राेल्पामा यसअघि पार्टीका जिल्ला सेक्रेटरी सहित ६  जना गिरफ्तार भइसकेका छन् ।

यसैबीच रुकुममा पनि नेकपाका थप दुई कार्यकर्ता गिरफ्तार भएका छन् । अाज राति १ बजे रुकुमको मुरुबाट अखिल क्रान्तिकारीका जिल्ला सदस्य हरि बिष्ट, पार्टी एरिया सदस्य सुरेन्द्रलाई सुतिरहेको अवस्थामा विना कारण प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले जनाएको छ । रुकुममा यसअघि १७ जनालाई गिरफ्तार गरिसकेको छ । संगठन सुदृढ तथा प्रतिरोध अभियानमा रहेका अाफ्ना नेता तथा कार्यकर्तामाथि राज्यले व्यापक धरपकड गरिरहेकाे जनाएको छ । यस्तै दाङमा थप तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । दाङको रामपुरकाे अघरेमा गाउँ नै घेरा हालेर संकटकालिन दमन जस्तै अहिले पनि गिरफ्तार गरेको जनाएको  छ । पार्टीका जिल्ला सदस्य छाेटीलाल चाैधरी, पार्टी सदस्य सन्त चाैधरीलाई गिरफ्तार गरेको हाे । गाउँमा घरबाट  जबरजस्त गिरफ्तार गर्दा महिलाहरु प्रतिकार गरेका थिए । सर्वसाधारण लगायत गाउँबाट ८  जनालाई घरबाटै प्रहरीले  गिरफ्तार गर्न खाेज्दा घरपरिवार महिलाहरूले प्रतिकार गर्न खाेज्दा प्रहरीले अनावश्यक दुख दिएको समेत बताएका छन् ।

उता सल्यानमा पनि हिजो १ जनालाई गिरफ्तार गरेको छ । सल्यान कालीमाटीबाट नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य तुलसी के सीलाई प्रहरीले गिरफ्तार गरेको हाे ।