दाङमा विद्यालयका कार्यालय सहयोगी पनि गिरफ्तार

प्रकाशित मिति : सोम, मंसिर ४, २०७४



दाङ,
दाङमा आज एक विद्यालयका कार्यालय सहयोगीलाई विद्यालयबाटै प्रहरीले गिरफ्तार गरेको छ । राप्ती गाउँपालिकाको प्रावि थकुरीकोटका विद्यालय सहयोगी विनक समाल मगरलाई प्रहरीले गिरफ्तार गरेको हो । उनलाई विनाकारण विद्यालयबाटै गिरफ्तार गरेको बताइएको छ ।

यसैबीच राप्ती गाउँपालिकामा नेकपाका थप एक कार्यकर्तालाईप्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टाी राप्ती गाउँपालिकाका ५ वडाका सेक्रेटरी रमेश तिवारीलाई गिरफ्तार गरेको नेकपा बताइएएको छ ।