शेरबहादुर देउवा सहभागी कार्यक्रममा बम विस्फोट

प्रकाशित मिति : बिहि, मंसिर ७, २०७४



७ मंसिर
कालिकोट । प्रधानमन्त्री शेरबहादुर देउवा
सहभागी कार्यक्रममा बम विस्फोट भएको छ

नेपाली काँग्रेसका सभापति समेत रहेका
प्रधानमन्त्री देउवा विहीबार
कालिकोटको कोटवाडा विमानस्थलमा अायोजित चुनावी सभालाई सम्बिधन गर्ने क्रममा बम विस्फोट भएको बताइएको छ ।

विस्फोटको ठूलो अावाज अाएपछि केही समय भागदौड समेत मच्चिएको थियो  । कार्यक्रममा सहभागीहरु घरघर लागेपछि काँग्रेसका चुनावी सभा प्रभावित भएको छ ।

प्रधानमन्त्री कालिकोट अाउँने भएपछि
बुधबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएपनि कार्यक्रम स्थल नजिकै बम विस्फोट भएको हो ।