सुर्खेतको एक मतदान केन्द्र नेपाल कम्युनिस्ट पार्टीको कब्जामा/मतपेटिका लगायत सबै निर्वाचन सामाग्री जले,कर्मचारी ससम्मान रिहा

प्रकाशित मिति : बुध, मंसिर २०, २०७४



सुर्खेत,२० मंसिर।
सुर्खेतको बराहक्षेत्र गाउँपालिका ३ भेरीचङ्गा मावि मतदान केन्द्र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कब्जामा लिएका छन् ।
गएराती भेरीचंगा गाउँपालिका मावि मतदान केन्द्रका सबै मतपेटिका लगायत निर्वाचन सामाग्री र कर्मचारी कब्जामा लिएका हुन्
मतपेटिका, मतपत्र, चिन्ह लगाउने मसीलगायत बाँकी सबै चुनावी सामग्री जलाएर त्यहाँ भएका कर्मचारीलाई समेत नियन्त्रणमा लिएर आज ससम्मान रिहा गरिदिएका छन् ।

मतदान केन्द्रको सुरक्षाकर्मीलाई बाहिरबाट ताला लगाएर सबै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनीहरुले सेन्ट्रीमा बसेका एक सुरक्षाकर्मीलाई नियन्त्रण लिएर बाहिरबाट ताला लगाएका थिए ।