मौन अवधिमा काँग्रेस नेता निधिले फुटाए महतोको टाउको !

प्रकाशित मिति : बुध, मंसिर २०, २०७४



२० मंसिर

जनकपुर। मौन अवधिमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोमाथि आक्रमण भएको छ ।

मंगलबार जनकपुरमा महतोमाथि आक्रमण भएको राजपाले बताएको छ । महतोको टाउकोमा सामान्य चोट लागेको छ ।

धनुषा–३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महतोमाथिको आक्रमण सोही क्षेत्रका अर्का उम्मेदवार बिमलेन्द्र निधिले गरेको राजपाले आरोप लगाएको छ । नेपाली काँग्रेसका नेता निधिकै योजनामा काँग्रेस कार्यकर्ताहरुलाई आक्रामण गर्न पठाएको महतोले बताएका छन् ।