अल्ट्रा धाविका मीरा राई हङकङमा पहिलो

प्रकाशित मिति : बुध, मंसिर २०, २०७४



अल्ट्रा धाविका मीरा राईले हङकङमा सम्पन्न एमएसआईजी लान्ताउ एसियन स्काइरनिङ च्याम्पियनसिपको उपाधि जितेकी छन् । ५० किलोमिटरको उक्त दौड मीराले ६ घन्टा ५० मिनेटमा पूरा गरिन् ।

उनले दोस्रो भएकी जापानकी युकारी होसिनोभन्दा एक घन्टाअगाडि नै दौड सकेकी थिइन् । यसैगरी पुरुषतर्फ स्पेनका क्रिस्टोफर क्लिमेन्ट पहिलो भए । क्लिमेन्टले पाँच घन्टा ४९ मिनेटमा दूरी पूरा गरेका थिए । जापानकै मियुरा उइची दोस्रो भए । मीराले आगामी जनवरीमा हङकङमै हुने गोर्खा ट्रेलब्लेजरमा पनि सहभागिता जनाउने तयारी गर्दैछिन् ।