दाङमा कांग्रेस र एमालेका युवाहरुबीच झडप

प्रकाशित मिति : बुध, मंसिर २०, २०७४



 

नारायण भण्डारी,

लसीपुर, २० मंसिर
दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवाबीच झडप भएको छ । क्षेत्र नं. ३ बाट प्रदेशसभा २ का उमेदवार एमाले नेता उत्तरकुमार वली र नेपाली काङ्ग्रेसबाट क्षेत्र नं. ३ का प्रतिनिधीसभाका उमेवार दीपक
गिरी समर्थक युवाबीच
तुलसीपुर १ भ्युडर सुनपुरमा झडप भएको हो । उत्तर वलीका समर्थकहरुले आफ्ना सक्रिय सदस्य खड्क थापा सहितकालाई कुटपीट गरेको बताएका छन् ।
उता वली पक्षकाले भने दिपक गिरीका समर्थकहरुले आक्रमण गर्दा लु १ ज ७३३९
नंं. को गाडीको सिसा फुटेको बताएका छन् ।
यता इलाका प्रहरी कार्यालय तुलसीपुरका
प्रमुख डिएसपी सुधीरराज शाहीले भने
घटनाबारे जानकारी आए लगत्तै शसस्त्र
प्रहरीको टोली पठाएको बताएका छन् ।
‘डिटेलमा पछि भनौंला, सामान्य झगडा जस्तै भएको रहेछ,’ उनले भने ।