७ महिने गभर्वतीसहित सामनाका ८ जना कलाकार गिरफ्तार

प्रकाशित मिति : बुध, मंसिर २०, २०७४



२० मंसिर ललितपुर । सामना परिवारका आठ जना कलाकार आज ललितपुरको आफ्नै डेरामा साँझको साँढे ५ बजे
बसिरहेको ठाउँबाट प्रहरि प्रशासनले प्रक्राउ गरेको छ ।
जनताका गीत गाउँदै जनताको घर दैलो चाहार्ने कलाकारलाई गिरफ्तार गरेर दलाल सरकारले आफ्नो सक्कली अनुहार देखाएको छ ।
यसकारण सरकार शान्ति होइन युद्ध चाहन्छ  भन्ने कुरा प्रष्ट बुुुुझिन्छ ।
सामना परिवारका डान्सर प्रमिला लामालाई जो सात महिनाको गर्भवतिलाई पनि जबरजस्ती प्रहरीले लगेर हिरासतमा राखेको छ । यो मानव अधिकारमाथिको ज्यादती  हो । गर्भवति महिलामाथि यति धेरै
अन्याय हुँदा पनि यहाँका मानवअधिकारकर्मीहरु कता हराए थाहा छैन ?
शेरबहादुर नेतृत्वको सरकारले जनताका पत्रकार र जनकलाकारमाथि यति धेरै दमन हुँदापनि यहाँका मानवअधिकारवादीहरु र न्यायका पक्षमा बोल्छौं भन्ने अधिकारकर्मीहरु कता हराएका छन् ।