दाङका दर्जनौं ठाउँमा शक्तिशाली बम बिस्फोट

प्रकाशित मिति : बिहि, मंसिर २१, २०७४



दाङ, मंसिर २१ गते । दाङका दर्जनौं ठाउमा शक्तिशाली बम बिस्फोट भएको छ । गएरातीदेखि अहिलेसम्म  मतदान अासपास दर्जनौं ठाउँमा बम बिस्फोट भएका छन् । तुलसीपुर उपमहानगरपालीकाको दमारगाउ, अम्बास, दोघरे, घाेराही उपमहानगरपालिकाकाे गैह्रागाउँ, रामपुर  देउखुरीकाे सुनडबरी, श्रीचाैर, सिसहनीया लगायतका दर्जनौं ठाउँमा शक्तिशाली बम विस्फोट भएका छन् ।  दर्जनौं  मतदान केन्द्र नजिक शक्तिशाली  बम विस्फोट भएर ठूलो अावाज अाएकाे र स्थानीयहरु त्रसित भएको पनि स्थानीयले बताएका छन् ।