दाङको देउखुरी क्षेत्रमा पनि दर्जनौं बम बिस्फोट

प्रकाशित मिति : बिहि, मंसिर २१, २०७४



दाङ, मंसिर २१ गते । दाङको देउखुरीका विभिन्न ठाउँमा दर्जनौं बम बिस्फोट भएका छन् । दाङको राप्ती गाउपालिका अन्तरगतका श्रीचाैर मतदान केन्द्र, सिसहनीयाकाे सर्वाेदय मावि मतदान केन्द्र, रुपाकाेट मतदान केन्द्र, करङ्ग्या मतदान केन्द्रमा अाज शक्तिशाली बम विस्फाेट भएका छन् । बम बिस्फोटबाट स्थानीयहरु त्रसित भएकाे उनीहरूले बताएका छन् । यस्तै राजपुर गाउपालिका मतदान केन्द्रमा अाज बिहान ९ बजेतिर बम बिस्फोट भएको छ । उता गढवामा मतदान केन्द्र नजिक सिलिन्डर बम बिस्फोट भएको छ । बम बिस्फोटपछि मानिसहरुकाे भागाभाग भएको छ । लमहीकाे साेनपुर मतदान केन्द्र सुनडबरी मतदान केन्द्रमा बम बिस्फोट हुदा मतदाताहरु त्रसित भएका छन् ।