मतदान भइरहँदा देशैभर बम विस्फोट, विस्फोटले मतदाताहरु देखिए न्यून

प्रकाशित मिति : बिहि, मंसिर २१, २०७४



दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदान
भइरहँदा देशैभरि शक्तिशाली बम
विस्फोट भएका छन् ।
यसैक्रममा मकवानपुर, धनकुटालगायत
देशैभरिक मतदान केन्द्रवरिपरि
शक्तिशाली बम विस्फोट भएका छन् ।
जसले त्यहाँको मतदान प्रक्रिया
प्रभावित बन्न पुगेका छन् ।
यसै क्रममा मकवानपुरकाे मनहरी गापा २,
त्रिरत्न मतदान केन्द्र, हाँडीखोलामा
बिहान ७ः३० बजे २ वटा शक्तिशाली
विस्फोट भएको छ । यता हेटौंडा मनपा
८, कमानेस्थित चन्द्रोदय उमाविमा बम
विस्फोट हुँदा मतदाताको भागाभाग
भएको थियो ।
त्यसैगरी हेटौंडा मनपा ७, बालज्योती
उच्च माविमा विहान बम
विष्फोट भएपछि मतदाताको न्यून
उपस्थिति रहेको थियो ।
हेटौंडा मनपा १५, चुरियामाई मतदान
केन्द्रमा विहान  शक्तिशाली
बम विष्फोट भएको छ । सुरक्षा व्यवस्था
कडा पारिएको सरकारी दाबीका बीच
देशमा बम विस्फाेट
भएक  छन् ।
उता धनकुटाको थलथले मतदान केन्द्रमा
लगातार ७ वटा बम विस्फोट भएका छन् ।
जिल्लाको खाल्सा छिन्ताङ्ग
सहिदभूमि गापा आँखिसल्लामा पर्ने
थलथले मतदान केन्द्रमा मतदान सुरु भएको
३ घण्टापछि लगातार ७ वटा शक्तिशाली
बम बिस्फोट भएको स्थानीयवासीले
बताएका छन् ।
विस्फोटपछि सुरक्षाकर्मी र मतदाताको
भागाभाग भएको थियो  । उक्त क्षेत्र
तनावग्रस्त भएपछि त्यस क्षेत्रमा
नेपाली सेनाले हवाईगस्ती गरेको छ ।