नेकपा दाङद्वारा चुनाव खारेज अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद(विज्ञप्तीसहित)

प्रकाशित मिति : आइत, पुस २, २०७४



दाङ, पुष २ गते ।

नेपाल कम्युनिष्ट पार्टी दाङले चुनाव खारेज अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीका सेक्रेटरी सविनले आज एक प्रेस विज्ञप्ति जारी गरि चुनाव खारेज अभियान सानदार रुपमा सम्पन्न भएको भन्दै अभियानमा सहभागी हुने सम्पुर्ण जनसमुदाय ,विभिन्न सहयोग गर्ने उद्योगी व्यापारी, कर्मचारी , पत्रकार , बुद्धिजीवी, मानव अधिकारवादी, नागरिक समाज र अहोरात्र खट्ने पार्टीका कार्यकर्ता ,समर्थक शुभचिन्तक सबैमा हार्दिक अभिबादन सहित बिशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ– “ चुनावको क्रममा न्यून मतदान हुनु,मतदान केन्द्र पुगेरै केहि मतदाताहरुबाट नो भोट सहितको आफ्नो अभिमत प्रकट गर्नुले यो व्यवस्था प्रति जनताको आफ्नो असहमति कति छ भन्ने कुरा दिनको घाम झैँ छर्लङ्ग छ, यो कुरालाई ढाकछोप गर्न मतदाता शिक्षा प्रभावकारी नभएको हास्यास्पद तर्क अगाडी सारिएको छ ।”

राजनीतिक आस्थाका आधारमा पार्टीका जिल्ला सचिवालय सदस्य पाटन,जिल्ला सदस्यहरु जनक, हेमन्त , छोटीलाल , निम बहादुर , खिम बहदुर, भिम, जितेन्द्र, महान, अखिल क्रान्तिकारीका दाङ जिल्ला उपाध्यक्ष अनिल केसी,जिल्ला सचिव अमर खड्का ,शिक्षक रामा चौधरी लगायत जेल हिरासतमुक्त हुनुभएका सबैलाई हार्दिक स्वागत सहित विशेष सम्मान व्यक्त गरेको छ ।

विज्ञप्तीको पूर्ण पाठ यसप्रकार रहेको छ–

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको अपिलमा ससदीय व्यवस्थाको चुनाव खारेजी अभियान नेपाली जनताले सान्दाररुपमा सम्पन्न गरेका छन । चुनाव खारेज अभियान लगायत केही समसामयिक विषमा नेपाल कम्युनिस्ट पार्टी दाङको धारण स्पस्ट पार्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१)चुनाव खारेज अभियानमा सहभागीहुने सम्पुर्ण जनसमुदाय ,विभिन्न सहयोग गर्ने उद्योगी व्यापारी,कर्मचारी ,पत्रकार , बुद्धिजीवी, मानव अधिकारवादी,नागरिक समाज र अहोरात्र खट्ने पार्टीका कार्यकर्ता ,समर्थक शुभचिन्तक सबैमा हार्दिक अभिबादन सहित बिशेष धन्यवाद ज्ञापन गर्दछौं ।
२)राजनीतिक आस्थाका आधारमा पार्टीका जिल्ला सचिवालय सदस्य क पाटन,जिल्ला सदस्यहरु क जनक,क हेमन्त ,क छोटीलाल ,क निम बहादुर ,क खिम बहदुर,क भिम,क जितेन्द्र,क महान अखिल क्रान्तिकारीका दाङ जिल्ला उपाध्यक्ष अनिल केसी,जिल्ला सचीव अमर खड्का ,शिक्षक रामा चौधरी लगायत ५० जना कमरेडहरुलाइ विभिन्न ठाँउवाट धरपकड गरियो ,राजनैतिक आस्थाका आधारमा विभिन्न मितिमा मध्यरातमा गयर पन्चायती शैलीमा घरहरु खानतलासी गरियो । धरपकड गरिएका मध्य ३२ जना कमरेडहरुलाइ १० देखि २८ दिन सम्म प्रहरी हिरासतमा राखियो । हिजो सबैलाई हिरासत मुक्त गरिएको छ । प्रहरी हिरासतमा केही कमरेडहरुलाइ बिनाकारण केही प्रहरी हरुवाट चर्को यातना दिइएको छ । लोकतान्त्रिक भनिएको सरकारको प्रहरी ज्यादती आफैमा फासीवाद्को चरम अभ्यास हो भन्यकुरा बिनाकारण यातना दिनुले पुष्टि गर्दछ ।जेल हिरासतमुक्त हुनुभएका सबै कमरेडहरु लाई हार्दिक स्वागत सहित विषेश सम्मान व्यक्त गर्दछौं । प्रहरी ज्यादतीको भत्सर्ना गर्दछौं साथै अधिकाम्स प्रहरी अधिकारी, सिपाही अनि सुरक्षाकर्मी मित्रहरुले राज्यको दमनकारी रबैया हुदाहुदै पनि हाम्रो राजनैतिक अभियानलाई सुजबुजपुर्ण व्यबहार प्रस्तुत गर्नुभएकोमा उहाहरु सबैलाइ धन्यवाद प्रकट गर्दछौं । हाम्रो राजनैतिक अभियानलाई अझै गहिरिएर बुझ्न पनि अपिल गर्दछौं ।
३)चुनावको क्रममा न्यून मतदान हुनु,मतदान केन्द्र पुगेरै केहि मतदाताहरु वाट नो भोट सहितको आफ्नो अभिमत प्रकट गर्नुले यो व्यवस्था प्रति जनताको आफ्नो असहमति कति छ भन्नेकुरा दिनको घाम झैँ छर्लङ्ग छ । यो कुरालाई ढाकछोप गर्न मतदाता शिक्षा प्रभावकारी नभएको हास्यास्पद तर्क अगाडी सारिएको छ ।
४)चुनाब हुनुभन्दा केही दिन पहिले तुल्सीपुरमा भएको बिष्फोट्को घटनामा हाम्रो पार्टी को नाम जोडेर कतिपय बृतवाट आरोप लगाउने कोसिस गरियो पार्टीले त्यतिबेलानै उक्त आरोप खारेज गरिसकेको छ । पार्टीले नगरेको कामलाई जबर्जस्त गरेको भनेर आरोप लगाउने कुरा षड्यन्त्रपुर्णत छ्दैछ जनतालाई भ्रममा पारेर पार्टीलाई जनतावाट अलग्याउने प्रतिक्रियावादी चालवाजी स्पष्ट नै छ । राजनीतिक पुर्बाग्रहका आधारमा फरक बिचार राख्ने पार्टीकानेता कार्यकर्ता लाई फसाउन झुट्टा मुद्दालगाउने षड्यन्त्र सत्ताधारीहरुको जहिलेपनी चलिनै रहन्छ । राजनैतिक आस्थाका आधारमा पार्टीका नेता कार्यकर्ता लाई अनावश्यक दुख नदिन रपार्टीका नेता कार्यकर्तालाई झुट्टा मुद्दामा नफसाउन प्रहरी प्रशासनलाई हामी फेरि पनि सचेत बन्न अनुरोध गर्दछौं । झुट्टा मुद्दाले निम्त्याउने जन आक्रोश बिगत जनयुद्ध कालमा नेपालले भोगीसकेको बिषय हो आज फेरि त्यही कुराको पुनरावृत्ति गर्न खोज्नु नेपाललाई गृहयुद्धमा धकेल्ने अभ्यास हो तसर्थ प्रहरी प्रशासन यस्तो बिषयमा सचेत छ भन्ने कुरामा पार्टी बिस्वत नै छ ।
५)पार्टीको नाममा कतिपय तत्वले नक्कली लेटर प्याड र रसिद प्रयोग गरि आर्थिक सकलन गर्ने प्रयत्न गरेको भन्नेकुरा सुन्नामा आएकोले पार्टीको आधिकारिकता पहिचान गर्न उद्योगी व्यापारी र आमजनसमुदायमा हार्दिक अनुरोध गरिन्छ ।
७)सत्ता र शक्तिको चरम दुरुपयोग गरि पैसाको खोलो बगाएर गरिएको चुनाबले नेपाली जनतालाई भ्रष्टाचारको उपहार भन्दा अरु केही दिन नसक्ने कुरा आफैमा प्रष्ट छ ।दलाल पुजीवादी व्यवस्थाले जनतालाई दिने भनेकै महगी,कालाबजारी ,व्यरोजगारी ,भ्रष्टाचार र राष्ट्रघात मात्रहो त्यसैले यी सबै उत्पीडिन वाट मुक्त हुने निरविकल्प वाटो भनेकै वैज्ञानिक समाजवाद हो तसर्थ रंगीचंगी ससदवादको भ्रमजालमा नअल्झी वैज्ञानिक समाजवादको यात्रामा लामबद्व बनौ ।
क्रान्तिकारी अभिवादन सहित
२ पौष २०७४
सविन
जिल्ला सेक्रेटरी
नेपाल कम्युनिस्ट पार्टी दाङ