नेकपा राप्ती ब्यूरोको समिक्षा बैठक सम्पन्न

प्रकाशित मिति : शुक्र, पुस ७, २०७४



 

दाङ,
नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोको पाचौं समिक्षात्मक बैठक सम्पन्न भएको छ । बैठकमा उपस्थित संगठन सुदृढीकरण तथा प्रतिरोध अभियान र चुनाव खारेज अभियानको निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वयनका गरेर आउनुभएका ब्यूरो सदस्यहरुलाई सम्मान ,बधाई र शुभकामनासहित बैठक प्रारम्भ गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासको अध्यक्षतामा भएको बैठकले यो चुनाव खारेज अभियानमा राज्यद्धारा गिरफ्तार गरेर महिनौं दिन हिरासतमा राखिएर र यातना दिइएका राप्ती ब्यूरो भरि एक सय दुई जना नेता कार्यकर्ता, चुनाव खारेज अभियानमा अहोरात्र खट्ने नेता कार्यकर्ता, समर्थक, शुभेच्छुक र आम जनसमुदायप्रति उच्च सम्मान, बधाई र शुभकामना प्रकट गरिएको थियो । साथै बैठकमा समिक्षासहित राजनैतिक, सांगठनिक संघर्ष, आर्थिक लगायतका निर्णयहरु गरेको राप्ती ब्यूरोले जनाएको छ ।