मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीको निधन

प्रकाशित मिति : शुक्र, पुस ७, २०७४



 

ओमप्रकाश गुप्ता
सिसहनियाँ ७ पुस । देउखुरीमा सडक दुर्घटनामा परी एक जना सशस्त्र प्रहरीको निधन भएको छ । ईलाका प्रहरी कार्यालय भालुबाङका अनुसार ज्वालामाई गण भालुबाङमा कार्यरत दंगीशरण गाउँपालिका—३ निवासी सशस्त्र प्रहरी २८ बर्षीय ईश्वर दहितको निधन भएको हो । राप्ती गाउँपालिका ८ सिसहनिया बजार नजिकै विग्रीएर रोकेको लु २ त ८२१७ नम्बरको ट्रकमा दहित सवार ना १ बा १७७९ नम्बरको मोटरसाइकल ठोक्कीको प्रहरीले जनाएको छ ।