आफुलाई लगाइएको पछिल्लो नाकाबन्दी ‘युद्धको कदम’ भन्दै उत्तर कोरियाले सामना गर्ने दियो चेतावनी

प्रकाशित मिति : सोम, पुस १०, २०७४



उत्तर कोरियाले अाफुविरूद्ध लगाइएकाे पछिल्लाे नाकाबन्दी  ‘युद्धको कदम’ भएको बताएकाे छ । काेरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले राष्ट्रसंघको पछिल्लो कदम ‘पूर्ण आर्थिक नाकाबन्दी सरह’ भएको र ‘अमेरिकालाई निराश बनाउन आफ्नो पारमाणविक क्षमतालाई सुदृढ गर्ने एक मात्र विकल्प भएको’ जनाएको छ।

यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाको तेल आयातमा ठूलो स्तरमा प्रतिबन्ध लगाउने पक्षमा सर्वसम्मत मतदान गरेको थियो।

उत्तर कोरियाले पहिल्यैदेखि अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली संघका कैयौँ प्रतिबन्धहरु झेलिरहेको छ। वाशिङटनले सन् २००८ देखि नै प्योङयाङविरुद्ध प्रतिबन्धहरु लगाउँदै आएको छ।

उसले उत्तर कोरियाका व्यक्तिगत तथा पारमाणविक कार्यक्रमसम्बन्धी कम्पनीहरुको सम्पत्ति रोक्का गर्दै आउनुका साथै प्योङयाङलाई सामान निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ।

उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर यो वर्ष तनाव चुलिएको छ।