दैनिकी गुजारा चलाउने सडक व्यवसायीको गरिखाने पेशालाई पनि ब्यवस्थीत गरियोस्

प्रकाशित मिति : सोम, पुस १०, २०७४



 

पार्वती बस्नेत,
दाङ,
घोराहीको तुलसीपुर चोकमा फलफुल ब्यवसाय गर्दै आउनुभएकी राजकुमारी नेपालीको समस्या अनेकौ रहेका छन् । २ छोरा र २ जना छोरी रहेका उनीहरुको लालनपालनसँगै क्यान्सर रोगबाट पिडित श्रीमानको औषधि उपचार गर्दैमा ऋणधन गरेरै भएपनि लाखौ रकम खर्चिनु पर्यो त्यत्तिमात्र होइन बस्ने बाससम्म बेच्नुपर्ने परिस्थिति आयो तैपनि क्यान्सर रोगबाट ग्रसित आफनो श्रीमान्लाई बचाउन नसकेको पिडा उनमा ताजै छ । मनको पिडा एकातिर त छ नै राजकुमारी नेपालीमा, तरपनि जिवन धान्नैपर्ने गुजारा चलाउनैपर्ने बाध्यताले फेरी पनि उनलाई सडक छेउमै बसेर ब्यापार गर्न बाध्य बनाएको छ । नेपालीलाई राम्रोसँग थाहा छ कि गरिबीकै परिणाम आफु यसरी सडक छेउमै बसेर ब्यवसाय गर्नुपर्ने बाध्यता हो भनेर तरपनि नेपालीलाई आफनो पसिनाकै कमाई खानुपर्छ भन्ने मानसिकताले पनि यो ब्यापार गर्न बाध्य बनाएको छ ।
सडक वरपर बसेर ब्यापार गर्नेहरुमा अधिकांश सबैको पिडा मिल्दो जुल्दो नै हुन्छ त्यो हो गरिबी, त्यस्तै पिडा घोराही उपमहानगरपालिका रझेना निवासी पार्वती घर्तिको पनि छ । श्रीमानको मृत्युपछि आफुले छोराछोरीको लालनपालन र घर खर्च चलाउनका लागी सडक छेउमा बसेर मकै पोल्ने ब्यापारको शुरुवात गरेको नै २० वर्ष भैसक्यो त्यसैले होला आजभोलि उहाँलाई सडक नै आफनो घर हो जस्तो लाग्ने गरेको बताउनुहुन्छ । दैनिक एक हजारदेखि बढिमा पन्ध्रसय सम्मको ब्यापारले आफनो गुजारा चलाउदै आएको उहाँलाई उपमहानगरपालिकाले बजार ब्यवस्थापनको लागी ल्याइ दिएको यो योजना अपायक लागेको बताउनुहुन्छ ।
त्यसो त सडक दुर्घटना न्युनिकरण तथा बजार ब्यवस्थीत गर्नका लागी भन्दै घोराही उपमहानगरपालिकाले फुटपाथका ब्यवसायलाई ब्यवस्थीत गर्न थालेको बताएको छ । यसले सडक छेउमा व्यवसाय गरि दैनिकी गुजारा गर्दे आएका फुटपाथ व्यसायीलाई घोराही उपमहानगरपालिकाको यो योजनाले प्रभावित पार्ने व्यवसायीहरुको गुनासो रहेको छ ।
व्यसायीहरुको गुनासो तत्कालका लागी जायज भएपनी दिर्घकालीन रुपमा घोराही उपमहानगरपालिकाले ल्याउन थालेको सडक व्यवसायी व्यवस्थापन कार्यले व्यवसायीहरुलाई नै फाइदा पुग्ने उसको दाबी गरेको छ । घोराही उपमहानगरपालीका वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेले तत्कालका लागी मौखिक रुपमा फुटपाथ व्यवसायलाई व्यवस्थीत गर्न थालिएको बताउनुभयो ।
सुन्दर तथा ब्यवस्थीत बजार निर्माणका लागी गरिएको उपमहानगरपालिकाको यो प्रयास अब कार्ययोजना पास गरेपछि अघि बढ्ने वडा अध्यक्ष पाण्डेको भनाइ छ ।
यसैबिच सम्पूर्ण ब्यवसायीलाई एकतृत गर्ने कार्यलाई दाङ उद्योग वाणीज्य संघले अघि सारेको बताएको छ । दाङ उद्योग बाणिज्य संघले पनि चोकमा रहेका ठेला ब्यवसायलाई ब्यवस्थीत तरिकाले अघि लैजाने लागेको दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले बताउनुभयो ।