एमालेसँग एकता नहुँदै माओवादी केन्द्रका नेता अहुतीद्वारा पार्टी परित्याग

प्रकाशित मिति : मङ्ल, पुस ११, २०७४



नेकपा एमालेसँग हुने भनिएको एकताको विरोध गर्दै अाएका माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ‘आहूति’ ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले माके एमालेमा विलय हुन लागेको भन्दै अाफूले पार्टी छोडेको अाहुतीको भनाई छ ।

आहूतीले आफू माओवादी केन्द्रमा नरहेको बताउँदै अध्यक्ष प्रचण्ड अाफनो नेता नभएको समते बताए । उनले पार्टीमा कुनै वैचारिक छलफल नगरी एमालेमा विलय हुन लागेको दाबी गारे ।

मार्क्सवादी साहित्यमा अध्येता तथा वैचारिक नेताको रुपमा चिनिदै अाएका नेता अाहुतीले दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश पाताल फरक रहेको र ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता आम नेता र कार्यकर्ताका लागि स्वीकार्य हुन नसक्ने उनले बताए ।

बिग्रिएको पार्टीलाई सच्याउन पार्टी केन्द्रीय समितिले एकमतले महान बहस गर्ने निर्णय गरिसकेको अवस्थामा नेतृत्वले नेता कार्यकर्तालाई धोका दिएको आरोप उनले लगाए । अाहुतीले एमाले कम्युनिस्ट पार्टी भएको कुरा माओवादीको कुनैपनि दस्तावेजले नस्वीकार गरेको अवस्थामा कम्युनिस्ट एकता भन्नु हास्यस्पद भएको बताए ।

नेता अहुतीले एमालेमा विलय हुन नचाहने नेता-कार्यकर्ताले मिलेर कम्युनिष्ट पार्टी निर्माणमा जुटेको जानकारी दिए ।
त्यसैगरी अर्का नेता गोपाल किरातीले पनि एकताको विरोध गर्दै नयाँ पार्टी पुर्नगठनमा लागेको बताएका थिए ।