वैचारिक पतनपछि प्रचण्डले पार्टीलाई एमालेमा बुझाएका हुन्: खड्क बहादुर विस्वकर्मा ‘प्रकाण्ड’

प्रकाशित मिति : मङ्ल, पुस ११, २०७४



नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्क बहादुर विश्वकर्मा ’प्रकाण्ड’ले प्रचण्ड बैचारिक हिसाबले पतन भएपछि पार्टीलाई एमालेमा लगेर बुझाएको दाबी गरेका छन् ।
राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले संसदीय व्यस्थाकोलागि समेत पनि पार्टी सशक्त बनाउने हिम्मत प्रचण्डसित नभएको बताएका छन् ।
आफ्नो पार्टीको आगामी कार्ययोजनाबारे उनले भनेका छन् ’विश्वका अन्य मुलुक र नेपालमा समेत भएको क्रान्तिको विसर्जनबाट पाठ सिक्दै अबको क्रान्तिको बाटो तय गरिएको छ’ ।
एकिकृत जनक्रान्तिको माध्यमबाट नेपालमा आफूहरुले समृद्ध समाजवादी व्यवस्था स्थापना गर्न चाहेको उनको भनाई रहेको छ ।
उनले वैज्ञानिक समाजवादी व्यवस्थामा जनताको गास, बास कपास आदी समस्याको समाधान हुने तर कांग्रेस, एमालेहरुले भन्ने गरेको लोकतान्त्रिक समाजवाद पुरानै संसदीय व्यवस्था भएको बताएका छन् ।
एक प्रसंगमा प्रकाण्डले लोकपृय बन्नकालागि बुर्जुवाहरुले समाजवाद शब्द कम्युनिष्टहरुबाट चोरेर प्रयोग गरेको भन्दै वास्तविक र समुद्ध समाजवादकोलागि आफूहरुले संघर्ष गरिरहेको दावीसमेत गरेका छन् ।