हिउँले ढाकिएको पहाड र घाँसे मैदान

प्रकाशित मिति : मङ्ल, पुस ११, २०७४



छन छाङ फाङ
/(अध्यक्ष क. माओ नेतृत्वमा चिनियाँ कम्युष्टि पार्टीले संचालन गरेको ‘महान लामो अभियान’ मा चिनियाँ लालसेनाले देखाएको बीरतापूर्ण संघर्ष, साहस र बलिदानीका कारण जापानी साम्राज्यवाद र च्याङ काइ–शेकको क्रुरसत्ता परास्त भएको थियो । क्रान्ति र पार्टीको रक्षा गर्दै अध्यक्ष माओत्सेतुङको अंगरक्षक छन छाङ–फङले आफ्ना अध्यक्षसंग बिताएका तुफानी ६ बर्षहरुमा भोगेका संघर्ष र बलिदानीका गाथाहरुलाई नेपाली पाठक समक्ष पुर्याउने उद्देश्यले “लामो अभियानमा अध्यक्ष माओका साथ” पुस्तकबाट यो सामग्री लिइएको छ । यसको अनुवाद देबेन्द्र तिम्लाले गरेका हुन्–सम्पादक)

जुन १९३५ मा तातू नदी पार गरेपछि हामीहरु च्याचिन पहाडको फेंदीमा पुग्यौं । यस पहाडको गगनचुम्बी चुचुराहरु हिउँले ढाकिएका थिए । जून महिलाको प्रचण्ड सूर्य अस्ताइसकेको थिएन तर त्यसको उष्णता यो हिम समूहको कारण चिसो जस्तो लागिरहेको थियो ।

हामीहरु यो पहाडको फेंदीमा एकदिन अडियौं । पहाड चढ्ने बेलामा लगलग कमाउने जाडोबाट आफ्नो रक्षम गर्न अध्यक्ष माओले हामीलाई खुर्सानी र अदुवा जम्मा गर्ने सल्लाह दिनुभयो । भोलीपल्ट बिहानै हामीहरु पहाड चढ्न सुरु गर्यौं । च्याचिन पहाडको चुचुरोले सूर्यको प्रकाशमा कुनै चमकदार तरवारले आकाशलाई छेकिरहेको जस्तो देखिन्थ्यो । ती सारा चुचुराहरु यसरी चम्किरहेका थिए कि मानौं त्यहाँ हजारौं शिसाहरु सजाइएको थियो । त्यसको चमकले हाम्रो आँखा तिर्मिराउँथ्यो । पहाडको चुचुरोमा बरफका टुक्राहरु खसिरहेका थिए । त्यो एउटा आलौकिक दृश्य थियो । यस्तो लाग्दथ्यो कि मानौं हामीहरु अप्सराहरुको देशमा पुगेका छौं ।

शुरुशुरुमा त हिउँ ज्यादा बाक्लो थिएन, त्यसैले हामीहरु त्यसमाथि सजिलै हिड्न सक्यौं । तर करिब २० मिनेटपछि हिउँ ज्यादै बढ्दै गयो । यदि एक पाइलो पनि असावधानीपूर्वक उचालेमा सिधै खोंचमा खस्दथ्यौं र त्यहाँबाट निस्कन घण्टौं लाग्दथ्यो । यदि हिउँ कम भएको ठाउँबाट हिडेमा त्यहाँ चिपलन्थ्यो, एक कदम अगाडी बढे चिप्लेर ३ कदम पछाडी पुगिन्थ्यो । अध्यक्ष माओ हाम्रो अघि अघि हिडिरहनु भएको थियो, उहाँको ढाड कुप्रो भएको थियो, उहाँलाई हिड्न गाहे भइरहेको थियो । कहिलेकाही उहाँ कैयौं पाईला पछाडि चिप्लनु हुन्थ्यो । तब हामीहरुले उहाँलाई हात दिएर सहायता गर्दथ्यौं। तर हामीलाई पनि आफ्ना पैतला दहेसंग टेक्न गाहे भइरहेको थियो । यस्तो अवस्थामा उहाँले हामीलाई बलियोसंग समातेर माथि तान्नुहुन्थ्यो । उहाँले कपास तगेको एउटा पनि कपडा लगाउनु भएको थिएन । केही क्षण हिंडेपछि हिउँले उहाँको खाकी पाइन्ट पुरै भिज्यो र कपडाको कालो जुत्तामा हिउँ टल्कन थाल्यो । उहाँ ज्यादै थाक्नुभएको थियो ।

यस उकालोले हामी सवैको दम बढिरहेको थियो । म घस्रदै अध्यक्ष नजिक गएँ र भनें– “अध्यक्ष ∕ यो पहाड चढ्न ज्यादै कठिन छ, आउनुहोस् हामीहरुले तपाईलाई सहयोग गर्दछौं ∕” म मुस्किलले उहाँनिर उभिन सकें । तर उहाँ नरोकिइकन अगाडी बढ्दै भन्नुभयो –“हुदैन, तिमीहरु पनि त्यत्तिकै थाकेका छौ जति म थोकेको छ ।”
हामीहरु पहाडको बीचमा पुग्दा अचानक आँधी–हुरी चल्न थाल्यो । पहाडको चुचुरालाई कालो बाक्लो बादलले छोप्न लाग्यो । हावाको झोक्काले हिउँका टुक्राहरु उड्न थाले र तिनीहरु निर्दयतापूर्वक हामी वरिपरि घुम्न थाले ।

“अध्यक्ष, हिउँ पर्ने वाला छ ।” म चाँडचाँडो केही कदम अगाडी बढेर उहाँको कपडा समात्दै भनें ।
उहाँले हावाको सामना गर्दै शीर उठाएर हेर्नुभयो । “हो, चाँडै नै हिउँ पर्ने वाला छ । हामीहरु तयार हुनुपर्दछ ।” उहाँका कुरा जसै समाप्त भए, अण्डाजत्रा असिनाका डल्लाहरु हामीमाथि बज्रन थाले । हिउँ र असिनाको यस तुफानी समुद्रमा हाम्रा छाताहरु बेकम्मा भएका थिए । हामीहरुले तत्काल मोमजामा (मैन लगाएको कपडा) लाई छाताको रुपमा प्रयोग ग¥यौं र अध्यक्ष माओलाई बीचमा पारेर उभियौं । हाम्रो चारैतिर बतास यसरी चलिरहेको थियो मानौं आकाश–पाताल एक हुदैछ । हामीहरुले मान्छेहरुका आतंकपूणर्् कोलाहल, घोडाहरुको हिनहिनाहट र अकस्मात् बिजुलीको भीषण कडकडाहट सुन्थ्यौं । त्यसै बेला माथिबाट एउटा गर्जन सुनियो ।

“साथीहरु ∕ डटिरहनुस् ∕ हिम्मत नहार्नुस् ∕ डटी रहनुमा नै बिजय छ ∕” मैले टाउको उठाएर माथि हेरें । पहाडको टाकुरामा रातो झण्डा फहराइरहेको थियो ।
“त्यहाँ को कराउँदैछ ?” मैले अध्यक्ष माओसंग सोधें । “प्रचार टोलीको कमरेड” अध्यक्ष माओले उत्तर दिनुभयो । “हामीहरुले उनको यो दृढ भावनाबाट सकारात्मक कुराहरु सिक्नुपर्छ ।”

हिउँ–हुरी जसरी अचानक आएको थियो, त्यसरी नै अचानक शान्त पनि भयो । धपक्क बलेको रातो सूर्य फेरि उदायो । अध्यक्ष माओ मोमजामाबाट बाहिर निस्कनुभयो र हिउँले ढाकिएको पहाडबीच उभिनुभयो । हिउँ अझ पनि उहाँको वरिपरि छरपस्ट भएको थियो । उहाँ जस्ताको तस्तै उभिइरहनु भयो ।
“किन, यो भिडन्त कस्तो लाग्यो ?” उहाँले सोध्नुभयो । “के कोही घाइते त भएनन् ?”

“कोही पनि घाइते भएको खबर आएको छैन । केवल लाओ थ्वी आफ्नो घोडामा आएर एउटा असिनाले लागेर उनको हात सुनिएको छ ।”
अध्यक्ष माओले मेडिकल अर्दली चुङ फु–छाङलाई तत्काल लाओ थ्वीको हातमा मलम लगाउन भन्नुभयो । तर लाओ थ्वी मुस्कुराउन लागे । उनले मलम लगाउन अस्वीकार गरेर घोडा चढी अगाडी बढे । म चङ श्येन–चीसंगै हिडिरहेको थिएँ । मैले उसलाई ब्यंग्य गर्दै भनें–“हाल खबर के छ साथी ?”

उसले अध्यक्षतर्फ इशारा गर्दै भन्यो, “यदि उहाँले यो सव सहन सक्नुहुन्छ भने हामी पनि त सहन सक्दछौं । ” तब उसले हिउँमा भित्रसम्म गडेको आफ्नो खुट्टा हेर्दै मजाक गर्दै भने, “यो तमासा त हेर्नुस् ∕मेरो खुट्टा नै जमेको छ ∕” यो कुरा साँचो थियो । चिसोले कठ्याङ्ग्रिएको हुनाले खुट्टा नै नभए जस्तो लाग्दथ्यो ।

जतिजति हामीहरु माथि चढ्दै गयौं, माथि चढ्न अरु बढी कठिन हुदै गयो । जब हामीहरु पहाडको फेदीमा थियौं, त्यस बेला स्थानीय मान्छेहरुले हामीलाई भनेका थिए– “जब तिमीहरु पहाडको टाकुरामा पुग्नेछौं तबन त कुरा गर्नु नत हाँस्नु, नत्र भने पहाडका देवताले तिमीहरुको घाँटी थिचेर मार्नेछन् ।”

हामीहरु अन्धविश्वासी थिएनौं, तर तिनीहरुले जुन कुरा भनेका थिए त्यसमा केही त अवश्य नै सत्य थियो । अब मलाई सास फेर्न पनि मुस्किल भइरहेको थियो । यस्तो लाग्दथ्यो मानौं मेरो टाउको जाँतोको दुई पलेटाबीच पिसिइरहेको छ । मेरो मुटुको चाल तीव्र भइरहेको थियो र मलाई हाँस्न त परै जाओस् बोल्न पनि मुस्किल भएको थियो । यस्तो लाग्दथ्यो कि मैले मुख खोंले भने अचानक मेरो कलेजो उछिट्टिएर मुखमा आउँछ । मैले अध्यक्ष माओलाई हेरें । उहाँ हावा र हिउँसंग मुकाबिला गर्दै दृढतापूर्वक पाइला चलाउँदै अघि बढिरहनु भएको थियो । प्रचार दलका साथीले पहाडको चुचुरोबाट फेरि चिच्याए–“साथीहरु, पाइला अगाडी बढाउनुहोस् ∕ अघि हेर्नुस् ∕ हिडिरहनुस् ∕

अन्त्यमा हामीहरु हिउँले ढाकिएको पहाडको चुचुरोमा पुग्यौं । चारैतिर हिउँको सेतो पछ्यौरा बिछ्याइएको थियो । मान्छेहरु तीन–तीन÷चार–चार जनाको समूहमा बसेका थिए । कोही मान्छेहरु यति थाकेका थिए कि उनीहरु आराम गर्न त्यहि पल्टिए । जब उनीहरुले अध्यक्ष माओलाई देखे, तब धेरै साथीहरुले उहाँलाई बोलाउदै आए “अध्यक्षले यो सब देख्नुभयो, तब उहाँ तत्काल उनीहरु नजिक जानुभयो र ज्यादै नम्रतापूर्वक बोल्नुभयो,“साथीहरु, हामी यहाँ आराम गर्न सक्दैनौं। यहाँ हावा ज्यादै कम छ । अलिकति बढी मिहेनेत ग¥यौं भने हामीले तल झर्नासाथ चौथो मोर्चा सेनालाई भेट्टाउनेछौं ।”

यो सुन्नासाथ, हामीहरु जोसियौं र अव्यवस्थित रुपमा भिरालोबाट तल झर्न थाल्यौं । शिखरमा पुग्दाको सफलताले हो वा अरु कुनै कारणले हो अचानक मलाई चक्कर लाग्यो । यस्तो लाग्यो कि मेरो पैतला तलको अग्लो पहाड काँपिरहेको छ । मेरो आफ्नै शरीर मेरो नियन्त्रणमा रहेन र म बेस्करी काँपन थालें । म लड्खडाउँदै अध्यक्ष माओ अगाडी पुगें र बोलें–“अध्यक्ष, म …..” वाक्य पुरा नहुदै म बेहोस भएर ढलें । तर म पूर्णरुपमा बेहोस् भएको थिइन । मलाई अध्यक्ष माओले दुई हातले सहारा दिएर बोलाउनु भएको कुरा मलाई अझसम्म पनि संझना छ । मलाई लाग्यो कि म हावामा तैरिरहेको छु । मलाई सास फेर्न यति गाहे भइरहेको थियो कि मेरो आवाजसम्म निस्केको थिएन । एकैक्षण पछि, अचानक हावाको झोक्काले उडाएर ल्याएको हिउँको एक टुक्राले मेरो अनुहारमा लाग्यो जसले मेरो चेतनाशक्ति फर्कियो र मैले आँखा खोलें । चङ श्येन–ची आदि साथीहरुले मलाई सोध्नुभयो– “अवस्था कस्तो छ ?, अब त स्वास्थ्य ठीक छ हैन ?” म तुरुन्त बल गरेर उठें र हामीहरु अगाडी बढ्यौं ।

अध्यक्ष माओका खुट्टा पाइलैपिच्छे हिउँभित्रसम्म धसिइरहेको थियो । उहाँ पछाडि फर्की–फर्की ती साथीहरुलाई हेरिरहनुभएको थियो जो अझसम्म पनि चुचुरामा पुग्न सकेका थिएनन् । उनीहरु यति सुस्तसुस्त हिडिरहेका थिए कि कुनै लामो सर्प विस्तारै घस्रदै पहाड चढिरहे जस्तो लाग्दथ्यो । अध्यक्ष माओ उनीहरुतर्फ लगातार हात हल्लाइरहनु भएको थियो ।

हावा तेज भइरहेको थियो । आकाशमा कालो बादल फेरि मडारिरहेको थियो । मैले अध्यक्षसंगै टाँसिएर चर्को स्वरमा भनें–“अध्यक्ष, तपाई यहाँ रोकिन सक्नुहुन्न, कृपया चाँडो अगाडी बढ्नुस् ।”

माथि चढ्नुभन्दा तल ओर्लन सजिलो थियो तर यो भागमा घाम नलाग्ने भएकोले यहाँ बढी चिसो थियो । हामीहरु सबैले सुतिको पातलो कपडा लगाएका थियौं त्यसैले जाडो भएर लगलग काँपिरहेको थियौं । मैले कम्मरमा पटुका बाँधेको थिएँ । यसरी हिउँले ढाकिएको भिरालोमा कहिले हिड्दै, कहिले चिप्लिदै र लड्दै तल ओर्लिरहेका थियौं ।

केहि क्षणपछि चौथो मोर्चा सेनाका साथीहरुसंग हाम्रो भेट भयो । उनीहरुले झण्डा लिएर हिडिरहेका थिए , जसमा लेखिएको थियो–“उत्तर पश्चिमी सछ्वानमा आधार क्षेत्रको विस्तार गरौं ∕” हामीलाई यस्तो लाग्यो कि हाम्रो शरिरमा नयाँ शक्तिको संचार भएको छ । हाम्रो मनमा उनीहरुप्रति यस्तो भाव जागृत भयो जुन भावना धेरै लामो समयसम्म बिछोड भएको दाजुभाईको भेट हुदा उत्पन्न हुन्छ ।

जब हामीहरु अन्तिम भिरालेबाट तल ओर्लियौं, तब म पछाडि फर्केर माथितिर हेरें । हिउँले ढाकिएको पहाडको चुचुरामा अझ पनि रातो झण्डा फहराइरहेको थियो । प्रचारक साथीहरुको अथक आवाज हाम्रो कानमा गुज्रिरहेको थियो ।
…………………………………………………………………………………………….
च्याचिन पहाडबाट तल ओर्लेपछि हामीहरु केही दिनसम्म माओकुङमा आराम ग¥यौं । फेरि हामीहरु अर्को एउटा उच्च हिमाली पहाड मङपी पर्वत चढ्यौं । हामीहरु उत्तर–पश्चिमी सछ्वानको च्वोखची नामक स्थानमा पुग्यौं, जहाँ हामीहरु घाँसे मैदान पार गर्ने तैयारीमा जुट्यौं । यसपछि हामीहरु फेरि रवाना भयौं ।
हामीहरु च्वोखचीबाट हिड्न सुरुगर्दा बिहानी भैसकेको थियो । आकाश सफा थियो । बीस ली पार गर्दा गर्दै कालो बादले घे¥यो र चाँडै नै फाटफूट पानी पर्न पनि थाल्यो । हामीहरु एउटा यस्तो निर्जन पहाडी क्षेत्र हुदै हिडिरहेका थियौं जुन चित्र–बिचित्रका चट्टानहरुले भरिएको थियो । ती चुच्चा ठाडा चट्टानहरु तथा झरेका पातपतिङ्गरको थुप्रोबीच बाटोको निशाना पनि थिएन । केही क्षणपछि ठूलो आवाजसहित बिजुली चम्क्यो र पानी पर्न थाल्यो । पानीका ठूला थोपा तथा रुखका कुहेका हाँगाहरुले हामीमाथि चोट पु¥याउन थाले । अध्यक्षको कपडा र हाम्रो कपडा पनि पानीले निथु्रक्क भिज्यो ।

मध्यान्नपछि चार बजे नै अँध्यारो भयो । लगातार मुसलधारे पानी परिरह्यो । हामीहरु कुनै पनि ओत लाग्न हुने स्थानदेखि कोसौं टाढा थियौं । अध्यक्षको लालटिनको तेल पनि सकिएको थियो । त्यस निस्पट अन्धकारमा हामीहरु एककदम पनि अगाडी बढ्न सक्दैनथ्यो । यस्तो बेला हामीलाई बत्तीको कति आवश्यकता थियो । अध्यक्ष ज्यादै मुस्किलले बाटो छाम्दै अगाडी बढिरहनु भएको थियो । उहाँ ज्यादै थकित देखिनु हुन्थ्यो । यो देखेर म ज्यादै बेचैन भएँ । अलिकति सोच्नुस् त ∕ अरुहरु बास बस्ने ठाउँमा पुग्नासाथ सुतिहाल्छन्, तर अध्यक्ष बैठकमा भाग लिन, टेलिग्राम(तार) पढ्न र दस्तावेजको मस्यौदा तयार पार्नमा व्यस्त हुनुहुन्छ । वास्तवमा उहाँ कति मेहनती हुनुहुन्थ्यो ।

“हामीहरु यहाँ रोकिऔं, अध्यक्ष” मैले प्रस्ताव राखें । उहाँ अडिनुभयो । एकक्षण सोचेपछि उहाँले भन्नुभयो “राम्रो कुरा, सबैलाई खबर गर ।”
तर अब हामीहरु संकटमा परेका थियौं । हाम्रो चारैतिर पानीको खोपिल्टाहरु, चट्टान एवम् अन्धकार थियो । हामीहरुले उहाँको लागी सुत्ने चीज कहाँ खोज्ने ? आफ्नो बुद्धिको प्रयोग गरी धेरै प्रयास पश्चात् हामीहरुले कुनै किसिमको एउटा “झुला” को निर्माण ग¥यौं । जसलाई दुईवटा होचा रुखहरुमा झुण्ड्याइदियौं ।
भिजेको झुलालाई स्पर्श गर्दै अध्यक्षले बिनोद भावमा भन्नुभयो, “म अब च्याङसीको शीतल ओछ्यानमा सुत्दछु ।”

अध्यक्षको बिनोद भावले हामी सवैलाई उत्साहित बनायो । जब हामीहरु अप्ठ्यारोमा पर्दथ्यो, तब उहाँको मनोरञ्जक शब्दहरुले वाताबरणलाई पूर्णरुपमा बदलिदिन्थ्यो । उहाँको ख्याल ठट्टामा हामीहरुले आफ्नो थकान बिर्सन्थ्यौं र हामीमा नयाँ शक्तिको संचार हुन्थ्यो । हामीहरु कुनै पनि अप्ठेरोसंग मुकाबिला गर्न तयार हुन्थ्यौं ।

जब अध्यक्ष लेट्नुभयो, तब हामीले आफ्नो लागी कुनै ठाउँ खोज्न थाल्यौं । पानी अझ पनि परिरहेको थियो । मैले चारैतिर छाम्दा एउटा ठाडो चट्टान फेला पारें । जब मैले त्यस चट्टानलाई फेरि छामें, त्यसमा एउटा छेद भेट्टाएँ । गुफा ∕ म रोमान्चित भएर सोचें । अरु केही नसोच् िम त्यसभित्र पसें । ढ्वाङ्ग ∕ मेरो टाउको केही कडा चीजमा ठोक्कियो । त्यो कुनै गुफा नभएर एउटा सानो ओडार थियो । तर यो पनि ज्यादै मुस्किलले भेटिएको थियो । दुखाईको वास्तै नगरी म त्यस ओडारमा टाउको घुसारेर कोल्टो परी सुतें । तर भुईमा त्यतिका पानी किन छ ? हातले छाम्दा थाहा पाएँ कि म त पानीको सानो तलाउमा सुतेको रहेछु । ठीकै छ, यसले केही फरक पर्दैन । मैले आफ्नो सामानको सानो पोका जमिनमा राखें र आफ्नो शरीरलाई बर्षाबाट जोगाउन अध्यक्षको भाँचिएको छाता प्रयोग गरें । मेरो टाउको राख्ने अझ पनि पानीमा भिजिरहेको थियो तर पनि चट्टानमा टाउको राख्ने बित्तिकै म गहिरो निद्रामा परें ।

म निद्राबाट ब्यूँझदा सूर्य उदाइसकेको थियो । यसको किरणहरु घना जंगललाई छिचोलेर जगमगाईरहेको थियो । घाँटीमा (उपत्यकामा) बिहानीको कुहिरो अझ पनि लागिरहेको थियो । बर्षा रोइसकेको थियो । रुखहरुबाट मोती जस्तै पानीका थोप्राहरु टप्किरहेका थिए । मैले जसै आँखा खोलें । मेरो घाँटीमा दुखिरहेको थाहा पाएँ । त्यो एउटा अचम्मको पीडा थियो जुन तबमात्र हुन्थ्यो जब म तलतिर हेर्दथें । पानी अझ पनि मेरो अनुहारमा झरिरहेको थियो । पानीलाई नाकभित्र पस्न दिनु मात्रै उक्त पीडाबाट बच्ने उपाय थियो । मैले यसलाई गम्भीरतापूर्वक ध्यान दिइन किनकी मैले सोचें यो गम्भीर बिरामी होइन । यस बारेमा हल्ला गर्नु आवश्यक छैन । त्यसैले कसैसंग पनि केही भनिन ।

हामीहरुले आफ्नो अभियान जारी राख्यौं ।
अध्यक्ष माओ सधैं हरेक चीजमा ध्यान राख्नुहुन्थ्यो । मलाई केही असजिलो भएको कुरा सर्वप्रथम उहाँले नै देख्नुभयो र मसंग ठट्टा गर्दै सोध्नुभयो, “कुरा के हो छन छाङ फङ ? जतिबेला पनि आकाशितर किन हेर्दछौं ? के हवाई जहाजको खोजीमा छौं ?

म आकाशतिर हेर्दै टोलाएर भनें–“यहाँ हामीमाथि दुईवटा आकाश छन् । दुश्मनको हवाई जहाज जतिसुकै निपूर्ण भएपनि हामीलाई देख्न सक्दैनन् ।”
“त्यसो भए आकाशमा त्यस्तो के चीज छ जसमा तिम्रो यति साहे दिलचस्पी छ ?” उहाँले पुनः प्रश्न गर्नुभयो । म उहाँ नजिकै गएँ र भने, “मेरो गर्दन अलि अलि दुःखेको छ । म तल हेर्न सक्दिन । जब म टाउको चलाउने कोशिस गर्छु तब मलाई असैह्य पीडा हुन्छ ।”

अध्यक्ष अचानक रोकिनुभयो । “कुनै चिन्ताको कुरा छैन ।” मैले अगाडी भनें। केही समयपछि आफै ठीक भैहाल्छ ।” मैले उहाँलाई चिन्तित बनाउन चाहन्नथें।”
मेरो अन्तिम कुरोको वास्ता नगरी उहाँले मेरो गर्दनलाई कोमलतापूर्वक छुनुभयो र मेडिकल अर्दली चुङ फु–छाङलाई बोलाएर मलाई तुरुन्त जाँच्न भन्नुभयो । अध्यक्षको बोलावट सुनेर सवै जना मेरो वरिपरी जम्म भए । चङ श्येन–ची र चुङ युङ– होले मेरो रोगबारे बढी चासो देखाए । उनीहरुले मेरो गर्दन दबाए, मेरो टाउको सुम्सुमाएर मलाई यति हैरान पारे कि म रिसले बोल्न समेत सकिन ।

चुङ फु–छाङले ज्यादै सावधानीपूर्वक मेरो जाँच गरे र उ मुस्कुराउँदै अध्यक्षतर्फ फर्किए, “म यो विरामीलाई केही गर्न सक्दिन ।” उनले भने, “राती उसको गर्दनको नसा ज्यादै तानिएको हुनुपर्छ ।”

अब अध्यक्ष पहिले जस्तो चिन्तित नभए जस्तो देखिनु हुन्थ्यो । उहाँले भन्नुभयो–“तर पनि हामीले उसको लागी केही न केही त गर्नेपर्छ । चङ श्येन–ची ∕ डाक्टरी टोलीमा गएर डाक्टरलाई भन्नु कि उनी आएर छन् छाङ फङलाई जाँचून् ।”

मैले यसको कुनै आवश्यकता छैन भन्नु अगावै चङ श्येन–ची हिंडिहाले । अनुहारमाथि फर्र्काएर हिंडदा लडिने डर थियो । त्यसैले मलाई बचाउन अध्यक्षले मेरो हात समातेर आफूसंगै हिंडाई रहनुभएको थियो । त्यसबेला यस्तो लाग्दथ्यो कि कुनै पिताले भर्खर हिंड्न सिकेको छोरालाई हिंडाइरहेको छ । “पीर नगर” उहाँले मलाई सान्त्वना दिदै भन्नुभयो ।

डाक्टर दौडदै आए । उनले मसंग विस्तारै धेरै प्रश्नहरु सोधे, मेरो गर्दनको जाँच गरेर मलम लगाई दिए । केही क्षण पछि नै गर्दन अलिकति ठीक भयो ।
“अब त बिलकुल ठीक भयौ होला नि ?” अध्यक्षले सोध्नुभयो । अब म तल हेर्न सक्ने कुरा उहाँले देख्नुभयो । मैले टाउको हल्लाएँ र उहाँलाई भने कि म बिल्कुल ठीक छु । यो सुनेर उहाँले भन्नुभयो–“तिमी पनि अचम्मको मान्छे छौ । सुत्नको लागी तिमीले आफ्नो टाउको दिन पनि तैयार भयो ∕”

पहाड एवं जंगलहरुलाई पडाडि छोड्दै हामीहरु माओअड्काए पुग्यौं । घाँसे मैदान पार गर्ने तैयारी पूरा गर्न हामीहरु त्यहाँ रोकियौं । मलाई औलोले नराम्ररी सताएको थियो । च्याचिन पहाड पार गर्नु अगावै मलाई औलो लागिसकेको थियो तर पहाड पार गर्दाको समयमा एक पटक पनि औलो लागेको थिएन । फेरि म बर्षाको पानीमा निथुक्क रुझेको थिएँ साथै ज्यादै थाकेको पनि थिएँ । जब हामीहरु यात्राको सबैभन्दा कठिन खण्ड दलदले घाँसे मैदान पार गर्ने तयारी गर्दै थियौं तब म नराम्रो संग औलोको शिकार भएँ । त्यस बखत बिरामी पर्नु मेरो लागि दुर्भाग्यको कुरा थियो भने अरुहरुको लागी चिन्ताको बिषय । बिशेष गरि अध्यक्ष माओ ज्यादै चिन्तित हुनुहुन्थ्यो । उहाँ पनि ज्यादै कमजोर हुनुभएको थियो र उहाँले शरिर पहिलेभन्दा अग्लो देखिन थालेको थियो ।

ती दिनहरुमा उहाँले धेरै बैठकहरुमा भाग लिनुपरेको थियो । कहिलेकाहीं यी बैठकहरु राती अबेरसम्म चलिरहन्थ्यो तब उहाँले बिश्राम बिना रातको अन्तिम प्रहरसम्म पनि अन्य नेताहरुसंग विभिन्न समस्याहरुमाथि छलफल गर्नुहुन्थ्यो । उहाँ ज्यादै व्यस्त भए पनि अक्सर गरी मलाई हेर्न आउने गर्नुहुन्थ्यो । म हतोत्साहित भएको देख्दा उहाँले मलाई घाँसे दलदल किन पार गर्नुपरेको छ भन्ने कुरा बुझाउँदै उत्साहित गर्नुहुन्थ्यो । उहाँले धेरै चाखलाग्दा घटनाहरु सुनाएर मेरो मन बहलाउनु हुन्थ्यो ।
उहाँबाट मैले एउटा पिताको माया पाएको थिएँ । म भित्र उहाँप्रति गहिरो हार्दिक कृतज्ञताको भावना उत्पन्न हुन्थ्यो र मैले आफैलाई घृणा गर्न लागको थिएँ कि किन म यस्तो समयमा बिरामी परें ? मैले आफना साथीहरुको बोझ अरु बढाएको थिएँ र अध्यक्षको ध्यान बाँडिदिएको थिएँ ।

हामीहरुले माओअड्काएमा करिब एक महिना बितायौं । र, १९३५ को मध्य अगस्तमा हामीहरु बिशाल दलदले घाँसे मैदान पार गर्नको लागी रवाना भयौं जसलाई यस अघि कसैले पनि पार गरेको थिएन। हामीहरु चालीस ली पनि पार नगर्दै बीस लीभन्दा पनि लामो जंगलमा पुग्यौं । त्यस जंगलको रुखहरु ज्यादै अग्ला–लग्ला थिए र हाँगाहरु पनि निकै ठूल्ठूला थिए । जब हामीहरु त्यहाँ बास बस्दथ्यौं तब हामीले अध्यक्षको लागी दुई रुखहरु बीच झुला बनाइदिन्थ्यौं । दिनमा जब हामीहरु एकैछिन रोकिन्थ्यौं तब अध्यक्षले कहिल्यै पनि आराम गर्नु हुन्थेन । उहाँ बैठकमा भाग लिन वा सैनिकहरुलाई भेट्न जानुहुन्थ्यो । त्यसैले मेडिकल अर्दली चुङ फू–छाङले मलाई आराम गर्न भन्दथे ।

एक रात म सुतिरहेको थिएँ । सैनिकहरुले आगो बालेका थिए । यो प्राचीन जंगलमा न त चरा चुरुङ्गीले न त पशुले नै कहिल्यै लागो देखेका थिए । तिनीहरु डराएर अचम्म–अचम्मका आवाजहरु निकाल्न थाले र वरिपरि चक्कर काट्न थाले । मेरा केही साथीहरु आगोको वरिपरि बसेका थिए भने केही रुखको आड लागेर गहिरो निद्रामा सुतेका थिए ।

म झुलामा सुतिरहेको थिएँ । मलाई फेरि ज्वरो आउन लाग्यो । मैले अध्यक्ष माओले मलाई माओअड्काएमा दिनुभएको नयाँ कपडा जुन उहाँलाई सायद कसैले उपहार दिएको थियो र उहाँको कम्बल पनि ओढी राखेको थिएँ, तर पनि म लगाउतर कामिरहेको थिएँ । अरु ब्यूँझलान् भन्ने डरले आफूलाई नियन्त्रणमा राखिरहेको थिएँ र अलिकति पनि कराएको थिइन । मलाई बिशेष गरी यस कुराको डर थियो कि कहीं मेडिकल अर्दली चुङ फु–छाङ नव्यूँझिउन् किनभने उनले मलाई फेरि ज्वरो आएको कुरा थाहा पाए तत्काल अध्यक्ष माओलाई बताउँछन् र फेरि अध्यक्ष माओ कसै गरी पनि आफ्नो आफ्नो झुलामा सुत्नुहुने छैन । म घँुडा मुन्टो जोरेर सास दबाउँदै बसिरहें । अचानक मेरो अगाडी एउटा अग्लो छायाँ देखियो । अध्यक्ष माओ फर्कनु भएको थियो । मैले खुट्टा तन्काउने अथक प्रयास गरें तर खुट्टा निदाएको थियो, यस्तो लाग्दथ्यो खुट्टा पेटसंग टाँसिएको छ । कसै गरी खुट्टा तन्काउन सकिन । शरीर मेरो काबुमा थिएन । म लगलग कामिरहेको थिएँ र मेरो दाँत टकटक बजिरहेको थियो । अध्यक्ष नजिक आएर झुक्नुभयो ।

“के भयो छन छाङ फङ ?” उहाँले म माथि हात राख्दै सोच्नुभयो–“चुङ फू–छाङ ∕ के छाङ–फुङ बिरामी परे ?” उहाँ धेरै ठूलो स्वरमा बोल्नु भएन तर पनि आगोको चारैतिर सुतेकाहरु सबै उठेर मेरो वरिपरि जम्मा भए ।

जब अध्यक्ष माओ तथा मेरो वरिपरि उभिएका अरु साथीहरु ज्यादै चिन्तित भएर मलाई हेरिरहेको देखें, तब मलाई यस्तो लाग्यो कि मेरो शरिरमा शक्ति फर्केको छ र म उठेर बसें । “सुत ∕” अध्यक्षले नम्रतापूर्वक आज्ञा दिनुभयो र आफ्नो दुवै हातले मलाई झुलामा सुताउनुभयो । म उठेर बस्ने भरमग्दुर प्रयास गरें तर उहाँले आफ्नो सबल हातले मलाई जबरजस्ती सुताउनुभयो । प्रतिरोध गर्ने शक्ति पनि हरायो । म सुतेको देखेर उहाँले मलाई केही औषधी दिन चुङ फू–छाङलाई भन्नुभयो । उहाँ र अरु साथीहरु आगो नजिक गएर सुतें ।

भोलिपल्ट बिहान जब म उठें, म झुलाबाट दौडिए । म भित्र यतिका शक्ति कहाँबाट आयो यो मलाई नै थाहा थिएन–सायद राति राम्रोसंग सुतेर हो वा अध्यक्षको पिता समानको हेरचाहले । मैले सबैभन्दा पहिलो काम दौडेर गई उहाँलाई भेटें ।

“स्वास्थ्य पहिलेभन्दा त राम्रो छ हैन ?” उहाँले मेरो पाखुरा समाउँदै सोध्नुभयो ।
म एक शब्द पनि बोल्न सकिन । मेरो आँखाबाट आँसुको धारा बगिरहेको थियो । हामीले आफ्नो अभियान फेरि शुरु ग¥यौं । पुरानो जंगल पछाडि छाड्यौं र हामीहरु दलदले मैदानमा प्रवेश ग¥यौं । हाम्रो अगाडी एक बिशाल तथा बिरान(सुनसान) दलदल मैदान थियो । त्यहाँ एक जना पनि मान्छे बस्दैनथे । कुनै घर पनि थिएन । त्यस दुर्गन्धी पानीमा जंगली घाँसको झाडी थियो । त्यसको कहीं कुनै अन्त्य थिएन । जब हामीहरु त्यहाँ हिंड्दथ्यौं तब हिलोमा छ्याप–छ्यापीको निरस आवाज निस्कन्थ्यो । अलिकति पनि सावधान नभए खुट्टा दलदल भित्रसम्म गड्दथ्यो र जब कहीं यस दलदलमा खुट्टा निकाल्न मुस्किल हुन्थ्यो । कैयौं पटक हाम्रा खुट्टाहरु हिलोमा गडे र अध्यक्षका बलिष्ट हातहरुले हामीलाई तानेर बाहिर निकाले ।

त्यहाँको मौसम जाडो थियो र बदली भइरहन्थ्यो । कहिले पानी पर्दथ्यो त कहिले हिउँ पर्दथ्यो । कहिलेकाहीं त असिना पनि पर्दथ्यो । हामीले प्रत्येक पाइला उचाल्न ज्यादै मिहेनत गर्नु पर्दथ्यो । अध्यक्ष हामीहरुको अघि अघि हिंडिरहनु भएको थियो । प्रत्येक कदम हिंडेपछि उहाँ पछाडि फर्केर ज्यादै चिन्तित हुदै हेर्नुहुन्थ्यो र हामीले जवाफ नदिंदासम्म बोलाइरहनु हुन्थ्यो । त्यसपछि उहाँ फेरि अगाडी बढ्नुहुन्थ्यो । हामीहरु थाकेको देख्दा उहाँले कहिलेकाहीं कथाहरु सुनाउनु हुन्थ्यो त कहिले ठट्टा गरेर हामीलाई यति हसाउँनु हुन्थ्यो कि हाम्रो पेट दुख्न थाल्दथ्यो । जसले गर्दा हामीले थकाई भुल्थ्यौं ।

दलदले मैदानको यस कठिन परिस्थितिमा पनि कसैले ‘उफ’ सम्म गरेनौं न कसैले कुनै गुनासो ग¥यौं । मैदान पार गर्ने हाम्रो दृढ लक्ष्य थियो र हामीसंग यो पूरा गर्न सक्छौं भन्ने पूर्ण विश्वास पनि थियो । वास्तवमा हामीहरु अध्यक्ष माओको साथमा सधै आशावादी रहन्थ्यौं ।
हामी पछि–पछि सेनाले पनि दलदले मैदानमा प्रवेश ग¥यो । सैनिकहरुले विविध प्रकारका कपडा लगाएका थिए । कसैले खैरो सैनिक पोशाक लगाएका थिए, कसैले

विभिन्न रंगका ओभरकोट लगाएका थिए त कसैले कम्बल ओढेका थिए । कसैले बाँसका ठूला–ठूला टोप ओढेका थिए त कसैले फाटेको छाता ओढेका थिए । यस रंगीविरंगी जनसमूहले त्यस निर्जीब बिशाल दलदले मैदान सजीव भएको थियो । उनीहरु एकापसमा हातेमालो गर्दै लामा ताँतीमा बिस्तारै तर दृढतापूर्वक बढिरहेको थिए ।

एक दिन हामीहरुले अचानक त्यस बिरानो क्षितिजमा एउटा कालो बिन्दु देख्यौं । जति–जति हामीहरु अगाडी बढ्दै गयौं, उति–उति त्यो बिन्दु ठूलो हुदै गयो । त्यो के चीज हो भन्ने कुरा हामीलाई थाहा थिएन । हाम्रो उत्साह बढ्दै गयो । हाम्रो हृदयमा नामक ठाउँ थियो । साथीहरुको त्यसबेलाको खुशीलाई शब्दमा व्यक्त गर्न असम्भव थियो । पलायो पुगेर अध्यक्ष माओ र हामीहरु एक तिब्बती परिवारको घरमा बस्यौं । हाम्रा साथीहरुले त्यस खुशीमा आगो बालेर चिसा कपडाहरु सुकाए ।
केही समयपछि हामीहरु पाशी पुग्यौं र त्यहाँ हामीले एउटा विचित्र दृश्य देख्यौं । चौथो मोर्चा सेनाका केही सैनिकहरु पछि फर्केर हामीतिर (भयानक दलदले मैदानतिर) बिस्तार–बिस्तार आइरहेका थिए । यो कुरा हामीले बुझ्न सकेनौं । हामीहरु आश्चर्यचकित भएर अध्यक्ष माओसंग सोध्यौं,“अध्यक्ष, यिनीहरु किन पछाडी फर्किरहेका छन् ?” उहाँले तुरुन्त कुनै जवाफ दिनुभएन तर उहाँको अनुहारको भाव देख्दा उहाँ ज्यादै भाव विह्वल हुनुभएको प्रष्ट देखिन्थ्यो । हामीलाई पछि मात्र थाहा भयो कि यो त गद्दार चाङ क्वो–थाकोको पार्टी फुटाउने षडयन्त्रको नतिजा रहेछ । त्यो गद्दारले सोझा–सोझा साझा साथीहरुलाई दास जस्तै बनाई विनाशको बाटोमा हिंड्न बाध्य पारिरहेको रहेछ ।

केही क्षणपछि अध्यक्ष माओले हामीलाई सोध्नुभयो,–“के तिमीहरु पनि पछि हट्न चाहन्छौं र फेरि दलदले मैदान पार गर्न चाहन्छौं ?”
“कहिल्यै पनि चाहन्नौं, हामीहरु मर्न परोस् तर पनि पछि हट्दैनौं ।” हामीले सबैले एकै स्वरमा जवाफ दियौं ।
अध्यक्ष माओ उभिनुभयो र थकित एवं थोत्रो कपडा लगाएका सैनिकहरुतिर हेर्नुभयो जो उतैतिर जादैथिए, जताबाट हामीहरु धैर्यपूर्वक आइरहेका थियौं । उहाँले मधुरो स्वरमा तर आत्मविश्वासपूर्वक भन्नुभयो, “उनीहरु फर्केर आउनेछन् ∕ हामीहरु अघि बढेर उनीहरुको लागी बाटो बनाउनुपर्छ ताकि उनीहरु हामीसंग आउन सकून ।”