दाङ ३४ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा

प्रकाशित मिति : सोम, पुस २४, २०७४



दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चीत जिल्ला घोषणा गरिएको छ । जिल्लालाई आईतवार पूर्ण खोप सुनिश्चीत जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति दाङ तथा जिल्ला जनस्वास्थ्य कार्यालय दाङलाई प्रमाणपत्र दिदै स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाले बिशेष समारोह बिच पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालय तथा बिभागले दाङ जिल्लाका १२ देखी २३ महिनासम्मका १० हजार १ सय ६० बालबालिकामा गरेको सर्बेक्षणमा सबैले पूर्ण खोप लगाएको पाईएपछि पुर्ण खोप जिल्ला सुनिश्चित गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलले जानकारी दिए ।पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने संघसंस्थाले ¥याली तथा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बालस्वास्थ्य महाशाखा प्रमुख डा बिकास लामीछानेले नेपालको बालस्वास्थ्यको अबस्थाबारे प्रकाश पार्दै जिल्ला जनस्वास्थ्य कार्यालयलाई ३४ औँ पूर्ण खोप सुनिश्चित जिल्ला हुन सफल भएको बताए । कार्यक्रममा उपस्थित जनप्रतिनीधीहरुले जिल्लालाई पुर्ण खोप सुनिश्चितताको निरन्तरतामा लागीपर्ने प्रतिबद्धता जनाउनुका साथै लिखीतरुपमा हस्ताक्षर गरेका थिए ।