ज्ञानदीपमा स्वागत कार्यक्रम

प्रकाशित मिति : सोम, पुस २४, २०७४



तुलसीपुरमा रहेको ज्ञानदिप कलेजका विद्यार्थीहरुले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका छन् । उनीहरुले विविध कार्यक्रमको आयोजना गरेर स्नातक तह पहिलो वर्षमा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । विद्यालयमा गठन भएको स्टुडेन्ट क्वालीटी सर्कलले कार्यक्रमको आयोजना गरेको थियो ।
विद्यार्थी हेमन्तप्रकाश वलीको अध्यक्षता एवम् कलेज प्रमुख सुरेन्द्र जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि जिसीले विद्यार्थीहरुले आफुमा भएको क्षमतालाई वुझ्नुका साथै असल र खराव कुरा छुट्याएर अगाडि वढ्नुपर्ने वताएका थिए । त्यसै गरि कार्यक्रममा शिक्षकहरु मनोज केसी, पर्शुराम चौधरी, वसन्त विवश आचार्य, रवि चापागाई, कमल लम्साल र विद्यार्थीहरु रिचा सापकोटा, दुर्गा शर्मा लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा वोल्ने वक्ताहरुले शिक्षाले ज्ञानसँगै सीपको पनि विकास गर्नुपर्ने वताएका थिए । उनीहरुले व्यवहारिक शिक्षाले देशमा शिक्षित वेरोजगारीको अवस्था अन्त्य गर्ने पनि वताएका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । प्रकाश वलीको स्वागत मन्तव्य मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण तेजकुमार डाँगी, सुशिल डाँगी र सुदन भण्डारीले गरेका थिए ।